पाथीभरामा एकै दिन ११ हजारभन्दा बढी भक्तजन
Read the full story at DC Nepal

ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा शनिबार एकै दिन ११ हजार २७२ जना भक्तजनले दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङपाङका अनुसार प्रतिकुल मौसमका बावजुद पूजा गर्ने समय मुख्य भएकाले मन्दिरमा भक्तजनको भिड लाग्न थालेको हो। यसअघि शुक्रबार तीन हजार ६२३ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए।
मन्दिरमा भक्तजनको चाप बढ्दै गएपछि व्यवस्थापनमा समेत ध्यान दिइएको छ। धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको पाथीभरामा विशेषगरी चाडपर्व र अनुकूल मौसममा दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्दछ। हालको तथ्याङ्कले मन्दिरमा आउने भक्तजनको संख्यामा उल्लेख्य वृद्धि भएको देखाएको छ।
समितिले भक्तजनको सहजताका लागि आवश्यक प्रबन्ध मिलाइरहेको जनाएको छ। मौसममा सुधार आएसँगै आगामी दिनमा पनि दर्शनार्थीको संख्या अझ बढ्ने अनुमान गरिएको छ।
In English
Over 11,000 devotees in Pathibhara in a single day
On Saturday, 11,272 devotees visited the famous religious site of Pathibhara located in Taplejung in a single day. According to Prajin Hangpang, Executive Director of the Pathibhara Area Development Committee, despite adverse weather, crowds have started to gather at the temple as it is the main time for worship. Previously, on Friday, 3,623 devotees had visited Pathibhara. As the pressure of devotees at the temple increases, attention has also been paid to management. Pathibhara, which is a center of religious faith, usually sees a rush of pilgrims, especially during festivals and favorable weather. Current statistics show a significant increase in the number of devotees coming to the temple. The committee has stated that it is making necessary arrangements for the convenience of the devotees. With the improvement in weather, it is estimated that the number of pilgrims will increase further in the coming days.
Machine translation — the original above is the story as filed.
More politics
- Parties yet to announce Rajamahendravaram Mayor candidateThe Hindu
- रास्वपा सभापति लामिछाने दम्पतीले जनकपुरधाममा मनाए खरनाThaha Khabar
- रुसको अन्तरिक्ष अभियानमा निजी क्षेत्रको फड्को, दुई उपग्रह प्रक्षेपणRatopati
- Appointment orders issued for Principals of Government First Grade CollegesThe Hindu
- अन्तिम ओभरमा राम्रो गर्न सकेनौँ, ओस र फिल्डिङले पनि असर गर्यो : असलंकाRatopati
- चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रहRatopati