कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण
Read the full story at Ratopati

कपिलवस्तुका १० स्थानीय तहका ७० स्थानमा छठ पर्व मनाउनका लागि छठघाट निर्माण गरिएको छ। नदी, खोला, पोखरी र नहरका किनारमा स्थानीय तह, वडा कार्यालय र श्रद्धालुहरूको सक्रियतामा पूजाको तयारी पूरा भएको छ। शुक्रबारदेखि सुरु भएको यस पर्वमा आइतबार अस्ताउँदो र सोमबार उदाउँदो सूर्यलाई अघ्र्य दिइनेछ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाभर छठ मनाउने प्रचलन बढ्दै गएको छ। कपिलवस्तु नगरपालिका-३ को रामघाटमा दुवैतर्फ बेदी निर्माण र सजावट गरिएको छ भने जमुहरा नालामा पनि तयारी सकिएको छ। रामघाट छठ पूजा समितिका संयोजक सन्तोष गुप्ताले सरसफाइ र बत्तीको व्यवस्था गरिएको बताएका छन्।
चप्परतल्लाका सन्तोष पाण्डेयले फोहर व्यवस्थापनका लागि नगरपालिकालाई आग्रह गरेका छन्। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोहर भट्टले सबै छठ घाटमा शान्ति सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिएका छन्।
In English
Chhath ghats constructed in 70 locations of Kapilvastu
Chhath ghats have been constructed in 70 locations across 10 local levels of Kapilvastu to celebrate the Chhath festival. Preparations for the worship have been completed on the banks of rivers, streams, ponds, and canals through the active participation of local levels, ward offices, and devotees. In this festival, which began on Friday, offerings will be made to the setting sun on Sunday and the rising sun on Monday. According to the District Police Office, the tradition of celebrating Chhath is increasing throughout the district. In Ramghat of Kapilvastu Municipality-3, altars have been constructed and decorated on both sides, and preparations have also been completed at the Jamuhara canal. Santosh Gupta, coordinator of the Ramghat Chhath Puja Committee, stated that arrangements for cleaning and lighting have been made. Santosh Pandey of Chappartalla has requested the municipality for waste management. District Police Chief Superintendent of Police Manohar Bhatta has informed that necessary security personnel will be deployed at all Chhath ghats for peace and security.
Machine translation — the original above is the story as filed.
More politics
- Parties yet to announce Rajamahendravaram Mayor candidateThe Hindu
- रास्वपा सभापति लामिछाने दम्पतीले जनकपुरधाममा मनाए खरनाThaha Khabar
- रुसको अन्तरिक्ष अभियानमा निजी क्षेत्रको फड्को, दुई उपग्रह प्रक्षेपणRatopati
- Appointment orders issued for Principals of Government First Grade CollegesThe Hindu
- अन्तिम ओभरमा राम्रो गर्न सकेनौँ, ओस र फिल्डिङले पनि असर गर्यो : असलंकाRatopati
- चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रहRatopati