अर्ली इलेक्सनको निर्णय बदर गरी नियमित निर्वाचन गर्ने एन्फाको निर्णय
Read the full story at Onlinekhabar (Nepali)

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो विधानअनुसार नियमित अधिवेशनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। सातदोबाटोस्थित मुख्यालयमा शनिबार बसेको बहुमत सदस्यहरूको बैठकले यसअघि १६ पुसमा गरिएको अर्ली इलेक्सनको निर्णयलाई बदर गरेको छ।
एन्फाका निमित्त महासचिव दामोदर भट्टराईका अनुसार बैठकले नयाँ नेतृत्व चयन प्रक्रिया, निलम्बन फुकुवा र संस्थाको स्वाधीनताका लागि सबै पक्षसँग अनुरोध गरेको छ। बैठकले आगामी माघमा हुने यु-१५ फेस्टिभलका लागि उपाध्यक्ष विराटजंग शाहीलाई संयोजक तोकेको छ।
साथै, अध्यक्ष र महासचिवबाट जवाफ नआएको भन्दै तीन दिनभित्र सत्यतथ्य विवरण पेश गर्न पुनः माग गरिएको छ। निमित्त महासचिव भट्टराईलाई प्रशासनिक अधिकार प्रदान गरिएको छ भने शनिबारे प्रशिक्षण सुचारु गर्ने, एकेडेमीको बजेट प्रतिवेदन माग्ने र फिफा यु-१५ फेस्टिभलका सहभागी खेलाडी, प्रशिक्षक तथा अफिसियललाई नगद पुरस्कार दिने निर्णयसमेत गरिएको छ।
In English
ANFA decides to cancel early election decision and proceed with regular election
The All Nepal Football Association (ANFA) has decided to proceed with the regular convention process according to its statute. A meeting of the majority of members held at the headquarters in Satdobato on Saturday has cancelled the decision for an early election made on December 31. According to ANFA Acting General Secretary Damodar Bhattarai, the meeting has requested all parties for the new leadership selection process, the lifting of suspensions, and the independence of the organization. The meeting has appointed Vice President Biraj Jung Shahi as the coordinator for the U-15 festival to be held in February. Additionally, stating that no response has been received from the President and General Secretary, a demand has been made again to submit a factual report within three days. Acting General Secretary Bhattarai has been granted administrative authority, and decisions have also been made to resume Saturday training, request the academy's budget report, and provide cash prizes to the players, coaches, and officials participating in the FIFA U-15 festival.
Machine translation — the original above is the story as filed.
More politics
- हेटौंडामा यस्तो छ छठको तयारी (तस्बिर)Nepal Khabar
- वर्तमान सरकारलाई नयाँ वर्ष देखाउन दिनु हुँदैन: महेश बस्नेतNepal Khabar
- ओलीको कटाक्ष: इनम बाबु दानबहादुरमै सिद्धियो कि अरुमा पनि काम लाग्छ?Nepal Khabar
- मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ: रवि लामिछानेNepal Khabar
- लुम्बिनीविरुद्ध विराटनगरले रोज्यो ब्याटिङNepal Khabar
- जेनजी आन्दोलन षड्यन्त्र हो, कांग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयो: देउवाNepal Khabar