अर्थतन्त्रBizmandu
एनआइसी एसिया बैंकले १:०.५० अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने, सेबोनले दियो अनुमति
Read the full story at Bizmandu
काठमाडौं। एनआइसी एसिया बैंकले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार बैंकलाई चुक्ता पुँजीको १:०.५० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो।
एनआइसीको चुक्ता पुँजी अहिले १४ अर्ब ९१ करोड रुपैयाँ छ। बैंकले अब चुक्ता पुँजीको ५० प्रतिशतले हुन आउने ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल छ।
पुँजी कोषमा दबाबका कारण व्यवसाय विस्तार गर्न कठिन भएपछि बैंकले हकप्रद सेयर निष्कासनबाट पुँजी जुटाउन लागेको हो। The post एनआइसी एसिया बैंकले १:०.५० अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने, सेबोनले दियो अनुमति appeared first on BIZMANDU .
More business
- एनआईसी एसिया बैंकले हकप्रदबाट ७ अर्ब ४५ करोड पुँजी जुटाउने, सेबोनले दियो अनुमतिNepal Khabar
- इनम सापकोटा प्रकरणपछि बस्न सकेन संवैधानिक इजलासNepal Khabar
- नवीकरणीय ऊर्जालाई निजी लगानी, उद्यमशीलता, रोजगारी र उत्पादन वृद्धिसँग जोड्न ऊर्जामन्त्रीको आग्रहNepal Khabar
- समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ताNepal Khabar
- ‘कबड्डी’ का पाँचै भागको कमाइ ५८ करोड, कसले कति कमाए?Nepal Khabar
- Hackers target France’s blood bank freezers, reprogram storage to 110°CThe Hindu