तमोर कोरिडोरले राँके बजारको व्यापार घटायो
Read the full story at Ratopati

पाँचथर । तमोर कोरिडोर सडकबाट ताप्लेजुङ जाने यात्रुको सङ्ख्या बढेपछि मेची राजमार्गस्थित पाँचथर–इलाम सीमावर्ती राँके बजारको व्यापार घटेको छ । मेची राजमार्गमा यात्रा गर्ने यात्रु तथा पाथीभरा दर्शनका लागि जाने तीर्थयात्री राँके बजारका मुख्य ग्राहक हुन्।
तर धरानबाट धनकुटाको भेडेटार हुँदै तमोर कोरिडोरबाट ताप्लेजुङ पुग्ने यात्रुको सङ्ख्या बढेपछि बजारमा ग्राहक घटेका हुन्। स्थानीय व्यवसायी सुमन पौडेलका अनुसार पछिल्ला तीन वर्षदेखि राँके बजारमा ग्राहकको सङ्ख्या निरन्तर घटिरहेको छ । उनले विगतको तुलनामा व्यापार करिब ६० प्रतिशतले घटेको बताए ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका र फिदिम नगरपालिका तथा इलामका देउमाइ नगरपालिका र फाकफोकथुम गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि तथा स्थानीय सामग्री राँके बजारमा बिक्रीका लागि ल्याउने गरेका छन् । अकबरे खुर्सानी र यसको अचार, तरकारी, आलु, फलफूल, छुर्पी, घिउ, चिया तथा जडीबुटी यहाँका प्रमुख स्थानीय उत्पादन हुन् ।
More business
- SIPs attracted investors in the past. Current low returns frustrate themKathmandu Post
- गृहमन्त्री गुरुङले यूएईसँग राखे लगानीको प्रस्ताव, वैदेशिक व्यापारमन्त्री ‘सकारात्मक’Nepal Khabar
- ८ अर्ब लगानीमा इँटा उद्योग रूपान्तरणको योजना, ३०० उत्पादन केन्द्र स्थापना गरिनेNepal Khabar
- China’s upgraded VT-4B export tank gets fourth-gen Type 100 tech ahead of Zhuhai showSouth China Morning Post
- कफी विथ करण ९ : अनन्या पाण्डेले गरिन् आफ्ना सबै पूर्वप्रेमीलाई फोनOnlinekhabar (Nepali)
- कर्णालीले गुमायो छैटौँ विकेट, १२.२ ओभरमा ८० रनRatopati