इन्धन अभावले सुडानको उद्योग, कृषि र व्यापार क्षेत्र प्रभावित
Read the full story at Nagarik News

इन्धनको निरन्तर अभावले सुडानको अर्थतन्त्रमा गम्भीर दबाब सिर्जना गरेको छ, जसले उद्योग, कृषि र व्यापार क्षेत्रको उत्पादनलाई प्रत्यक्ष प्रभावित पारेको छ। पोर्ट सुडानस्थित मर्मत केन्द्रका प्रमुख यासेर बुखारीका अनुसार इन्धनको अनिश्चित आपूर्तिले उपकरण सञ्चालन र मर्मतसम्भारको काममा कठिनाइ थपेको छ।
अनियमित विद्युत् आपूर्तिका कारण उद्योगहरूले उत्पादन रोक्न बाध्य हुनुपरेको र कालोबजारबाट महँगो मूल्यमा इन्धन खरिद गर्नुपर्ने अवस्था रहेको कामदार मोहम्मद सुलेमानले बताए। इन्धनको मूल्य वृद्धिले ढुवानी र वितरण खर्च बढाएको छ, जसको असर उपभोक्ता मूल्यमा परेको छ।
व्यवसायी अब्दल्लाह हसनका अनुसार पछिल्लो तीन महिनामा फलफूलको मूल्य झण्डै चार गुणाले बढेको छ। इन्धन अभावको यो समस्या उत्पादन र उद्योगमा मात्र सीमित नरही आपूर्ति प्रणाली, बजार मूल्य र सर्वसाधारणको दैनिक जीवनसम्म पुगेको छ, जसले गर्दा आम नागरिकको खरिद क्षमतामा समेत ह्रास आएको छ।
More business
- SIPs attracted investors in the past. Current low returns frustrate themKathmandu Post
- ८ अर्ब लगानीमा इँटा उद्योग रूपान्तरणको योजना, ३०० उत्पादन केन्द्र स्थापना गरिनेNepal Khabar
- Nepal invites UAE investment in Budhigandaki hydropower projectOnlinekhabar English
- बैंकमा प्रशस्त पैसा भए पनि साना व्यवसायीले किन पाउँदैनन् ऋण?Setopati
- आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बन्दै उत्तरवाहिनी कालीगण्डकी क्षेत्रOnlinekhabar (Nepali)
- कर्णालीले गुमायो सातौँ विकेटRatopati