‘सडक कविता यात्राका सिर्जना पुस्तकमा सङ्कलित’
Read the full story at Thaha Khabar

आज आयोजित कृति विमोचन, महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदानमाथिको परिचर्चा तथा स्रष्टा सम्मान कार्यक्रममा कृतिका प्रधान सम्पादक शङ्कर भण्डारीले सडक कविता यात्राका क्रममा सिर्जना गरिएका कवितालाई सङ्कलन र संरक्षण गरी भावी पुस्तासम्म पुर्याउने उद्देश्यले कृति प्रकाशन गरिएको बताए। उनले साहित्यिक सिर्जनाको संरक्षण, नयाँ प्रतिभाको प्रोत्साहन र साहित्यिक चेतना अभिवृद्धिमा यस्ता प्रकाशनले योगदान पुर्याउने उल्लेख गरे।
वर्तमानमा सिर्जना भएका रचनाले भविष्यमा साहित्यिक सम्पदाको रूप लिन सक्ने भएकाले तिनको सङ्कलन र संरक्षण आवश्यक रहेको उनको भनाइ थियो। महाकवि देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा उनको साहित्यिक योगदानको चर्चा गर्दै भण्डारीले ‘मुनामदन’, ‘शाकुन्तल’ र ‘सुलोचना’ जस्ता कृतिमार्फत देवकोटाले नेपाली साहित्यको अभिव्यक्ति क्षमता विस्तार गर्न योगदान पुर्याउनुभएको बताए ।
More politics
- न्यायाधीश भएपछि राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु: जनक पाण्डेNepal Khabar
- बालेन सरकारको काम गराइ हिन्दी जासुसी फिल्म जस्तो: प्रचण्डNepal Khabar
- सर्वोच्चमा प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदनNepal Khabar
- अब इतिहासको कुरा मात्र गरेर हुँदैन: प्रकाशमान सिंहNepal Khabar
- एनपीएलमा डेविड वार्नरको अर्धशतकNepal Khabar
- मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमनNepal Khabar