सरकारमाथि साढे ७ महिनामै संकट, रवि र बालेनबीचको विवाद उत्कर्षमा
Read the full story at Bizmandu
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीचको विवाद उत्कर्षमा पुगेको छ। झण्डै दुई तिहाइसहित सरकार गठन भएको साढे सात महिनामै रवि र बालेनबीचको विवाद उत्कर्षमा पुगेको हो। विवाद घटाउने काम नभए प्रधानमन्त्री बालेनको आसन्न भारत भ्रमण नै रोकिन सक्ने स्रोतले बतायो। ‘सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच ठूलो द्वन्द्व भइसकेको छ।
शाहको कार्यशैलीबाट देश झन् ओरालो लाग्ने भएकाले तत्कालै केही निर्णय गरेर अघि बढ्नुपर्छ भन्ने देखिन्छ,’ स्रोतले भन्यो, ‘केही अनपेक्षित घट्नाक्रम विकसित भइरहेको छ। त्यसले प्रधानमन्त्री शाहको भारत भ्रमणमै प्रभाव पार्ने देखिन्छ।’ मिति सार्वजनिक नभए पनि बालेन मंसिर दोस्रो साता भारत जाने तयारी छ। उनको भ्रमणको तयारीस्वरुप भारतमा विदेश सचिव विक्रम मिश्री गत बुधबार नेपाल आएर बिहीबार फर्किएका थिए। स्रोतका अनुसार बालेनको विकल्पमा समेत छलफल सुरु भएको छ। दुई महिनाअघि सम्म रवि बालेनको विकल्पमा जान नहुने पक्षमा थिए।
आफू निकटका सांसदहरुलाई पनि उनले जनताले निश्चित म्यान्डेट दिएर पठाएकाले पहिलाको जस्तो सरकारको आलोचना गर्नतर्फ लाग्नु हुँदैन भनी उल्टै सम्झाएर पठाउने गरेका थिए। ‘हामीलाई जनताले विश्वास गरेर पठाएका हुन्। अहिले सरकारको आलोचना वा विकल्प सोच्नु हुँदैन।
More business
- दूरसञ्चार कम्पनीको संकट टार्न नयाँ व्यवस्था गरिँदै, २० अर्बको नवीकरण बोझ हट्नेNepal Khabar
- एक करोडको कारोबार गर्दै ‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ सम्पन्नNepal Khabar
- ‘प्रिय कर्णाली’मा इतिहास, संस्कृति र सामाजिक रूपान्तरणका विविध पक्षमाथि विमर्शDC Nepal
- लक्ष्मीपूजाको साँझ १८ सय १३ मेगावाट विद्युत् खपत, ५८७ मेगावाट भारत र बंगलादेश निर्यातOnlinekhabar (Nepali)
- नौ कक्षाको परीक्षामा राम्रो अंक ल्याएपछि बुवाले दिए साढे तीन करोडको कार उपहारNagarik News
- लक्ष्मी पूजामा फूलको व्यापक व्यापार, तिहारभर साढे ६४ करोडको कारोबार आकलनNagarik News