जहाँ नदी रोइरहेकी थिई, इतिहास मुस्कुराइरहेको थियो!
Read the full story at Setopati

सोचेकी थिएँ प्रकृतिको काखमा हिँड्दा पो नयाँ नयाँ कुराहरू सिकिन्छ। हृदय शीतल हुन्छ। जङ्गलको संवाद सुनिन्छ। चराहरूको सङ्गीतमा सुसेलिन्छ। आफ्नै पदचापको पहिचान गरिन्छ। असोजको काठमाडौंले गर्मीको छाल छोड्न अझ छोडेको छैन। मेरो अनुभव ताजा छ, केही वर्ष अगाडि मात्र पनि यो समयमा काठमाडौँले चिसोको बतास चलाइसक्थ्यो। तर असोजको पहिलो हप्ता तातेको छ काठमाडौं। चर्को छ घाम। सफा छ आकाश।
विश्व जलवायु परिवर्तनको मारमा छ। पृथ्वी संकटमा छ। भोटेकोसीमा आएको हिमाली सुनामीको कहर आजीवन आतङ्कित भएर बस्ने छ। वातावरणीय संकटप्रति चिन्तित छ विश्व। न्यायको पक्षमा उभिएको छ विश्व, यो सकारात्मक पक्ष हो। मौसमबाट मन हटाएर यात्राको सार्थकतालाई समेट्छु। गुर्जुधारादेखि न्यूरोड मिलिक्कै आइपुगियो वचत भयो अमूल्य सम्पत्ति। समयको परिधि फराकिलो देखियो। नयाँ वाच्छा हुत्त आएर मेरो मनलाई चञ्चल बनायो। खाली पेट छ।
पूजा प्रार्थनाको समय छ। बज्दै छ घण्टहरूको श्रुतिमधुर ध्वनी। शनिबारको दिन संकटालाई तीन फेरो मान्छेको मालाले घेरेको रहेछ। लाइन बसेर दर्शन गर्ने मेलो त मिलेन तर मनको श्रद्धाले घुमायो मन्दिर परिसर। संकटदेखि को मुक्त छ र! भय र संकटदेखि हामीलाई त्रास उत्पन्न हुन्छ। सबैको संकट नासियोस्। सर्वे भवन्तु सुखिनम् ... को भावमा संकटाको गजुरतिर हेरेर प्रार्थना गर्दै, भक्तपुर जाने माइक्रोतिर मोडियौँ। अगाडिको सिटमा बसेका छौँ।
More politics
- न्यायाधीश भएपछि राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु: जनक पाण्डेNepal Khabar
- अस्ट्रेलियाका प्रधानमन्त्रीले ढाकाटोपी लगाएर सम्बोधन गरे ‘नेपाल फेस्टिभल’Nepal Khabar
- बालेन सरकारको काम गराइ हिन्दी जासुसी फिल्म जस्तो: प्रचण्डNepal Khabar
- सर्वोच्चमा प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदनNepal Khabar
- अब इतिहासको कुरा मात्र गरेर हुँदैन: प्रकाशमान सिंहNepal Khabar
- एनपीएलमा डेविड वार्नरको अर्धशतकNepal Khabar