तिहारको मिठास बेचेर आत्मनिर्भर निर्मला, चार हजार लगानीबाट सुरु उद्यम १० हजार घरपरिवारसम्म
Read the full story at Bizmandu
काठमाडौं। तिहार भन्नेबित्तिकै झिलिमिली बत्ती, देउसी-भैलो, फूलमाला र सेलरोटीको सम्झना आउँछ। घरघरमा पाक्ने सेलरोटीको बास्नाले चाडपर्वको रौनक नै थप्छ। तर बदलिँदो जीवनशैली र व्यस्तताका कारण पछिल्लो समय घरमै परम्परागत परिकार बनाउने चलन घट्दै गएको छ। बजारमा तयारी खानेकुराको माग बढिरहेका बेला ६४ वर्षीया निर्मला कार्की भने नेपाली भान्साको पुरानो स्वाद जोगाउने अभियानमा छिन्।
चार वर्षअघि जम्मा चार हजार रुपैयाँबाट सुरु गरेको उनको ‘निर्मलाज् किचेन’ अहिले सेलरोटी, अर्सा, अनरसा, फिनी रोटीलगायत नेपाली परम्परागत परिकार खोज्ने ग्राहकको रोजाइ बन्दै गएको छ। उनका लागि यो व्यवसाय खानेकुरा बनाएर बेच्ने माध्यम मात्र होइन, बाल्यकालमा सिकेको सीपलाई व्यावसायिक पहिचान दिने र नेपाली खानपानको मौलिक स्वाद नयाँ पुस्तासम्म पुर्याउने प्रयास पनि हो। भोजपुरको कुलुङमा जन्मिएकी निर्मलाको बाल्यकाल गाउँघरकै परिवेशमा बित्यो। परिवार भोजपुरबाट विराटनगर बसाइ सरेपछि उनले त्यहीँ स्नातक तहसम्म अध्ययन गरिन्। चाडपर्व आउँदा घरमा आमा र हजुरआमाहरू मिलेर विभिन्न परिकार बनाउँथे।
उनी पनि भान्सामा सघाउन पुग्थिन्। कहिले रहरले त कहिले अग्रजहरूले सिनेमा हेर्ने पैसा दिने लोभ देखाएर उनलाई काममा लगाउँथे। त्यही क्रममा उनले सेलरोटी, अर्सालगायत परम्परागत परिकार बनाउन सिकिन्। ‘आमा र हजुरआमाहरू मिलेर पकाएको देखेर मलाई पनि सिक्न मन लाग्थ्यो।
More business
- राशिफल २० कात्तिक : घुमफिरका लागि कर्कटलाई दिन अनुकूल, समयको महत्त्व नबुझ्दा तुलालाई हैरानी, तपाईँको के?Nepal Khabar
- विद्युत् प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)Nepal Khabar
- आशुतोष इनर्जीले सेबोनबाट पायो आइपीओ अनुमति, १२ करोडको सेयर निष्कासन गर्नेBizmandu
- संसदीय सुनुवाइ समिति बैठक जारी, सर्वोच्चमा सिफारिस न्यायाधीशका उजुरीकर्तासँग छलफलOnlinekhabar (Nepali)
- धनतेरसको दिन सुनको मूल्यमा प्रति तोला ५ हजार ९०० रुपैयाँले गिरावट, चाँदी पनि सस्तियोBizmandu
- नयाँ विद्युतीय क्रसओभर चेरी क्यू नेपालमा लन्च, के के छ यसको फिचर ?Bizmandu