धनतेरसको दिन सुनको मूल्यमा प्रति तोला ५ हजार ९०० रुपैयाँले गिरावट, चाँदी पनि सस्तियो
Read the full story at Bizmandu
काठमाडौं। धनतेरसको दिन सुनचाँदीको मूल्य सस्तिएको छ। अघिल्लो दिनको तुलनामा शुक्रबार सुन तोलामा ५ हजार ९ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार शुक्रबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८३ हजार रुपैयाँ निर्धारण भएको छ।
बिहीबार सुन तोलामा १३ हजार ३ सय रुपैयाँ बढेर प्रति तोला २ लाख ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य शुक्रबार तोलाको ३ हजार ८१० रुपैयाँमा आइपुगेको छ। शुक्रबार चाँदी प्रति तोला ११० रुपैयाँ घटेको छ। बिहीबार चाँदी प्रति तोलामा २ सय ६५ रुपैयाँले बढेर प्रति तोला ३ हजार ९२० रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य शुक्रबार प्रति औँस ४०५०.३ डलर छ। चाँदी प्रति औँस ५१.६१ डलर छ। The post धनतेरसको दिन सुनको मूल्यमा प्रति तोला ५ हजार ९०० रुपैयाँले गिरावट, चाँदी पनि सस्तियो appeared first on BIZMANDU .
More business
- विद्युत् प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)Nepal Khabar
- बबरमहलमा सुनको असर्फी र चाँदीको सिक्का लिन आज पनि लाइन (तस्विरहरु)Bizmandu
- Trump blames Democrats’ midterm win for U.S. stock market selloffThe Hindu
- मिड सोलु हाइड्रोपावरले नाफा बढाउँदै पहिलो त्रैमासमा कमायो ५ करोड ७४ लाख रुपैयाँBizmandu
- आइसीएफसी फाइनान्सको सीइओमा अमित श्रेष्ठ नियुक्त, ४ वर्ष नेतृत्व सम्हाल्नेBizmandu
- स्वाभिमान लघुवित्तको नाफा २१६.३७ प्रतिशतले वृद्धि, तीन महिनामा कमायो २.५३ करोडBizmandu