अर्थतन्त्रBizmandu
बबरमहलमा सुनको असर्फी र चाँदीको सिक्का लिन आज पनि लाइन (तस्विरहरु)
Read the full story at Bizmandu
काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारका लागि सुन र चाँदीको सिक्का बिक्री गरिरहेको छ। बिहीबारदेखि सर्वसाधारणका लागि सुनको असर्फी र चाँदीको सिक्का बिक्री सुरु भएको हो।
राष्ट्र बैंकको टक्सार महाशाखा, बबरमहलबाट सुनको असर्फी तथा चाँदीका मेडालियन सिक्का बिक्री भइरहेको छ। असर्फी र सिक्का लिन आज पनि बिहानदेखि सर्वसाधारणको भिड लागेको छ। प्रति व्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान तथा १० ग्रामको चाँदीका मेडालियन (लक्ष्मी र गणेश अंकित) १/१ थानका दरले (बढीमा दुई थान मात्र) खरिद गर्न पाइनेछ।
सिक्का बिहीबार र शुक्रबार (कात्तिक १९ र २० गते) बिहान ११ देखि दिउँसो ३ बजेसम्म बिक्री गरिने जनाइएको छ। The post बबरमहलमा सुनको असर्फी र चाँदीको सिक्का लिन आज पनि लाइन (तस्विरहरु) appeared first on BIZMANDU .
More business
- जब कर्मचारीले ‘तिहार बोनस’ मा आईफोन १६ पाए !Nagarik News
- राष्ट्र बैंकसँग सुनका असर्फीको ‘स्टक’ सकियो, आज चाँदीका सिक्का मात्र बिक्री गर्नेThaha Khabar
- Nepal Rastra Bank suspends gold coin sales due to stock shortageOnlinekhabar English
- एनपीएल: सुदूरपश्चिमविरुद्ध कर्णालीले टस जितेर फिल्डिङ रोज्योDC Nepal
- सुदूरपश्चिमविरूद्ध कर्णालीले बलिङ गर्ने, डेभिड मिलरको डेब्यूThaha Khabar
- पाँच दशकदेखि काठमाडौंलाई झिलिमिली बनाइरहेको भोटेबहाल, ‘पहिला जस्तो छैन व्यापार’Bizmandu