पाँच दशकदेखि काठमाडौंलाई झिलिमिली बनाइरहेको भोटेबहाल, ‘पहिला जस्तो छैन व्यापार’
Read the full story at Bizmandu
काठमाडौं । सुदर्शनधर प्रधान १७ वर्षका थिए जब उनले भोटेबहालमा आफ्नै व्यवसाय सुरु गरे। उनको इम्पेरियल लाइट सेन्टरमा तिहारका लागि विभिन्न प्रकारका झिलिमिली बत्ती सजाइएका छन्। रंगीन लाइट, एलईडी लाइटदेखि घर र पसल सजाउन प्रयोग हुने विभिन्न प्रकारका बत्तीले सोरुम भरिएको छ अहिले। लाइट व्यवसाय गरेको उनले करिब पाँच दशक भयो। अहिले ६७ वर्ष पुगेका उनले त्यहाँ व्यवसाय सुरु गर्दा भोटेबहालमा बत्ती बेच्ने पसल खुल्न थालिसकेका थिए।
संख्या भने थोरै थियो। बिस्तारै भोटेबहाल थरीथरीका बत्ती पाउने ‘हब’ बन्यो। उनका अनुसार पहिले काठमाडौंमा निश्चित सामान किन्न एउटा निश्चित ठाउँमा पुग्नुपर्थ्यो। बिजुली बत्तीका लागि त्यस्तै ठाउँ बन्यो भोटेबहाल, ठ्याक्कै बागदरबार पछाडिको क्षेत्र। त्यहाँको पुरानो पिपलको बोट वरिपरि नै हो काठमाडौंलाई झिलिमिली बनाउने बत्तीहरू बिक्री सुरु भएको। तिहारमा नयाँ नयाँ बत्ती राख्ने ‘ट्रेन्ड’ चल्यो अनि विद्युतीय सामग्री किन्न धेरै जना यही व्यापारिक क्षेत्रमा आउँथे।
अहिले भने काठमाडौंको भौगोलिक विस्तार र बस्तीको विकासले पुराना व्यापारिक केन्द्रको कारोबारमा प्रभाव पारेको उनको बुझाइ छ। ‘काठमाडौंका विभिन्न क्षेत्रमा पसल बढेका छन्। त्यसैले सामान किन्न यहीँ आउनुपर्छ भन्ने बाध्यता छैन। ठाउँ ठाउँमा सामान उपलब्ध हुन थालेको छ,’ उनी भन्छन्।
More business
- कर्णालीले जित्यो टस, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्नेNepal Khabar
- ‘रामायण’ ले पहिलो दिनमै कमायो १२७ करोड भारुNepal Khabar
- लगानी र पूर्वाधार ऐन संशोधन मस्यौदामा छलफल: झन्झटिला कानुन हटाएर निजी पुँजी आकर्षित गर्ने सरकारको तयारीDC Nepal
- निजी क्षेत्रका प्रतिनिधि प्रधानमन्त्री कार्यालयमा, लगानी सम्बन्धी विधेयकको मस्यौदामा छलफलBizmandu
- लगानी तथा पूर्वाधारसम्बन्धी कानुन संशोधन विधेयकको मस्यौदामाथि छलफलNagarik News
- लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्नेOnlinekhabar (Nepali)