जब कर्मचारीले ‘तिहार बोनस’ मा आईफोन १६ पाए !
Read the full story at Nagarik News

सामान्यतया चाडपर्वमा कर्मचारीलाई मिठाई, उपहारका सामग्री वा अन्य उपयोगी वस्तु दिने चलन भए पनि एक कम्पनीले स्मार्टफोन उपहार दिएर सबैलाई चकित पारेको छ। भारतको दिल्लीस्थित एक कम्पनीले तिहारको अवसरमा आफ्ना कर्मचारीलाई आईफोन १६ उपहार दिएको हो। त्यहाँको रोहिणीमा रहेको फाइनान्सरसाब कम्पनीले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा १५ सेकेन्डको भिडियो सार्वजनिक गरेर यसबारे जानकारी गराएको छ। भिडियोमा कर्मचारीका डेस्कमा रिबनले सजाइएका सेतो, हरियो, निलो र कालो रंगका आईफोन १६ राखिएको देखिन्छ।
उपहार पाएपछि केही महिला कर्मचारी खुसी हुँदै प्रतिक्रिया दिएको दृश्य पनि भिडियोमा छ। कम्पनीले पहिलो भिडियोसँगै ‘कुनै प्रतिस्पर्धा छैन, तपाईंले के पाउनुभयो?’ भन्ने क्याप्सन राखेको छ। भिडियोमा कर्मचारीका डेस्कमा आईफोन १६ राखिएको देखिन्छ। त्यस्तै, अर्को भिडियो सार्वजनिक गर्दै कम्पनीले ‘हामीले त दियौँ’ भन्ने क्याप्सन लेखेको छ।
दुवै भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् र प्रयोगकर्ताहरूले कम्पनीको उदारताको प्रशंसा गरेका छन्। भिडियो सार्वजनिक भएपछि केही प्रयोगकर्ताले यो वास्तविक नभई कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएको हुन सक्ने आशंका गरे। तर कम्पनीले त्यस्तो दाबी अस्वीकार गर्दै भिडियो फेरि हेर्न आग्रह गरेको छ। भिडियोमा आएका प्रतिक्रियाहरू पनि रोचक छन्।
More business
- कर्णालीले जित्यो टस, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्नेNepal Khabar
- ‘रामायण’ ले पहिलो दिनमै कमायो १२७ करोड भारुNepal Khabar
- करेसाबारीको फूलबाट तिहार खर्चको जोहोNagarik News
- Fashion show in Bajura promotes tourism, local products and cultureOnlinekhabar English
- Lebanese pack bags and stock up amid fears of new Israeli escalationAl Jazeera
- लुम्बिनीमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गरिनेNagarik News