करेसाबारीको फूलबाट तिहार खर्चको जोहो
Read the full story at Nagarik News

तिहार पर्वमा महोत्तरीका दिदीबहिनीले आफ्नै करेसाबारीको फूलबाट तिहार खर्चको जोहो गर्दैछन्। खास गरी भाइटीकाका दिन दाजुभाइलाई लगाइने सप्तरङ्गी टीका, माला, भाइमसाला र दिइने उपहार सामग्रीको खर्च यहाँका दिदीबहिनीले आफ्नै करेसाबारीको सयपत्री फूलबाट जोहो गर्दैछन्। “यसपालि तिहारका लागि खर्च जुटाउन कतै रकम खोज्नु परेन, आफ्नै करेसाको फूलले राम्रो आम्दानी दियो”, बर्दिबास–७ मनहरिपुरकी गृहिणी वीणा खत्री भन्छिन्, “भाइटीकाका दिन दाजुभाइलाई लगाइने टीका, माला, भाइमसला, मिष्टान्न परिकार र सानोतिनो वस्त्र उपहार पुग्नेगरी रकम पाइयो।
” खत्रीजस्तै भङ्गाहा–४ रामनगरकी शर्मिला पोखरेलले पनि करेसाबारीकै केही बोट फूलबाट राम्रै आयआर्जन गर्न पाइएको बताइन्। “यहीँ हेर्नोस् न, कति होलान र? त्यही ५०/६० बोट सयपत्रीका होलान्”, करेसाबारीमा ढकमक्क फुलेका सयपत्री फूल देखाउँदै उनले भनिन्, “यहाँका १० बोट आफूले राखीकन दुई हजार रुपैयाँ पाइयो।
” तिहारलक्षित फूल लगाउन सके राम्रो आम्दानी हुने बल्ल बुझेको उनको भनाइ छ। आउने वर्ष तिहारलक्षित गरेर सयपत्री फूल खेतीकै रूपमा केही बढाइने पोखरेलको योजना छ। “अहिलेका बोट त व्यवसायिक उद्देश्यले लगाइएका होइनन्, घरको शोभाका लागि रोपिएका हुन्”, उनी भन्छिन्, “तर यिनै बोटले अबचाहिँ केही खेती बढाउन पर्छ भन्ने चेत खोली दिए।
More business
- ‘रामायण’ ले पहिलो दिनमै कमायो १२७ करोड भारुNepal Khabar
- सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको विशाल लक्ष्यNepal Khabar
- Why Malaysia may still face trade uncertainty after US midtermsSouth China Morning Post
- एनपीएल: सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७६ रनको लक्ष्यDC Nepal
- Florida couple disputed four mortgage reversals; appeals court revived foreclosure over bank errorTimes of India
- T.N. government constitutes Tamil Nadu Investment Promotion CommissionThe Hindu