नयाँ विद्युतीय क्रसओभर चेरी क्यू नेपालमा लन्च, के के छ यसको फिचर ?
Read the full story at Bizmandu
काठमाडौं । नेपालका लागि चेरी गाडीहरूको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले आफ्नो नयाँ विद्युतीय क्रसओभर चेरी क्यू नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। आधुनिक प्रविधि, प्रिमियम आराम र अत्याधुनिक सुरक्षा सुविधासहित सार्वजनिक गरिएको चेरी क्यूले नेपालको बढ्दो विद्युतीय सवारीसाधन बजारमा नयाँ आयाम थप्ने अपेक्षा राखेको वितरक कम्पनीको भनाइ छ।
चेरी क्यूको लम्बाइ ४,१९५ मिमी, चौडाइ १,८११ मिमी र उचाइ १,५६८ मिमी रहेको छ भने यसको ह्विलबेस २,७०० मिमी रहेको छ। १७५ मिमी ग्राउन्ड क्लियरेन्स, २१ डिग्रीको अप्रोच एंगल र २६ डिग्रीको डिपार्चर एंगलले यसलाई नेपाली सडक तथा विविध ड्राइभिङ अवस्थाका लागि उपयुक्त बनाएको कम्पनीको दाबी छ। व्यावहारिकतालाई ध्यानमा राख्दै यसमा ७० लिटर क्षमताको इलेक्ट्रिक फ्रङ्क (अगाडिको स्टोरेज) र ३७५ लिटर क्षमताको पछाडिको बुट स्पेस उपलब्ध छ, जसलाई पछाडिका सिट फोल्ड गर्दा १,४५० लिटरसम्म विस्तार गर्न सकिने भनिएको छ।
आरामदायी र स्थिर ड्राइभिङ अनुभवका लागि यसमा अगाडि म्याकफर्सन सट्रट र पछाडि मल्टीलिंक सस्पेन्सन सिस्टम जडान गरिएको छ। सुरक्षाका लागि चेरी क्यूमा ६ वटा एयरब्याग, ५४०-डिग्री प्यानोरामिक क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल असिस्ट लगायतका सुविधाहरू उपलब्ध छन्।
More business
- विद्युत् प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)Nepal Khabar
- बबरमहलमा सुनको असर्फी र चाँदीको सिक्का लिन आज पनि लाइन (तस्विरहरु)Bizmandu
- Trump blames Democrats’ midterm win for U.S. stock market selloffThe Hindu
- मिड सोलु हाइड्रोपावरले नाफा बढाउँदै पहिलो त्रैमासमा कमायो ५ करोड ७४ लाख रुपैयाँBizmandu
- आइसीएफसी फाइनान्सको सीइओमा अमित श्रेष्ठ नियुक्त, ४ वर्ष नेतृत्व सम्हाल्नेBizmandu
- स्वाभिमान लघुवित्तको नाफा २१६.३७ प्रतिशतले वृद्धि, तीन महिनामा कमायो २.५३ करोडBizmandu