Skip to main content
अर्थतन्त्रBizmandu

बालेनले समय नदिएपछि वैशाखमा नेपाल आउन नपाएका मिश्रीलाई अहिले सिंहदरबारमा स्वागत

Read the full story at Bizmandu

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन्। मिश्रीले बिहीबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर बालेनसँग भेटवार्ता गरेका हुन्। मिश्री तिनै हुन् जसलाई ६ महिनाअघि बालेनले भेटका लागि समय दिन नमानेपछि अन्तिम समयमा उनले नेपाल भ्रमण स्थगित गरेका थिए।

मिश्री यसअघि वैशाख अन्तिम साता नेपाल आउने तयारी थियो। त्यतिखेर बालेनले भेटका लागि समय दिन नमानेपछि मिश्रीको भ्रमण रोकिएको थियो। बालेनको सचिवालयले मिश्रीसँगको भेटको तस्वीर सार्वजनिक गरेको छैन। भारतीय विदेश सचिव मिश्रीले बुधबार अर्थमन्त्री डा.

स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै भेट गरेका थिए। The post बालेनले समय नदिएपछि वैशाखमा नेपाल आउन नपाएका मिश्रीलाई अहिले सिंहदरबारमा स्वागत appeared first on BIZMANDU .