Skip to main content
अर्थतन्त्रThaha Khabar

शहरमा जग्गा र कामदार पाइँदैन, गाउँमा फूल बेच्ने बजार छैन

Read the full story at Thaha Khabar

शहरमा जग्गा र कामदार पाइँदैन, गाउँमा फूल बेच्ने बजार छैन

काठमाडौँ : फूलहरूको पर्व भनेर चिनिने तिहार नेपालीको घरआँगनमा आइपुगेको छ। तिहार भन्नेबित्तिकै दिदीबहिनी र दाजुभाइबीचको प्रेम अनि फूलको महत्त्व झल्कने गर्छ। यमपञ्चक शुरु भएदेखि नै फूलको प्रयोग बढ्न थाल्छ। वर्षभरी फूलको खपत र महत्त्व उत्तिकै हुने गर्छ। तथापि तिहारमा सबैभन्दा धेरै फूलको कारोबार हुन्छ।

यही चाडलाई लक्षित गरी नर्सरी तथा पुष्प व्यवसायीहरुले सयपत्री, मखमली र गोदावरी फूलको बिरुवा हुर्काउने, बढाउने र फूलको उत्पादन गर्ने गर्छन्। काग, कुकुर, गाई‚ गोवर्धन पूजा अनि घरको सजावटदेखि दाइभाइलाई लगाउने मालाका लागि सयपत्री, मखमली र गोदावरी फूल चाहिन्छ। त्यसमा पनि तिहारमा सयपत्री फूलको खपत धेरै हुने गरेको छ। काठमाडौँ उपत्यकामा तिहारमा मात्रै ५० लाखभन्दा धेरै मालाको खपत हुने गरेको व्यवसायीहरू बताउँछन्। यो वर्ष पनि उपत्यकामा सयपत्री, मखमली, गोदावरी र मिक्स गरी ५१ लाख ८० हजार माला खपत हुने अनुमान गरिएको छ।

फूलको खपत बढ्दा पनि नेपालमा स्वदेशी फूलको प्रवर्धन र नर्सरी व्यवसायको विकास अपेक्षित रूपमा हुन नसकेको गुनासो व्यवसायीहरूले गर्दै आएका छन्। हाल नर्सरी व्यवसायको खास अवस्था कस्तो छ? नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनासँग गरिएको कुराकानीको छोटो अंश : नर्सरी व्यवसायले पुष्प, फलफूल, जडिबुटी र कृषि वनका नर्सरी व्यवसायीलाई समेट्छ।