Skip to main content
अर्थतन्त्रBizmandu3 outlets covering

गगन थापाले भने- कांग्रेसको आधिकारिताको कानुनी लडाइँमा एक सुका पनि लेनदेन भएको छैन

Read the full story at Bizmandu

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकताको लडाइँमा एक सुका पनि लेनदेन नभएको बताएका छन्। गगनले बिहीबार फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै आफू कमजोर धरातलमा नउभिएको र पार्टीको आधिकारिकताको लडाइँमा एक सुका पनि लेनदेन नभएको बताएका हुन्। ‘ढुक्क हुनुहोस् म गगन थापा, तपाइँको दाइ, तपाइँको भाइ, तपाइँको छोरा, तपाइँको साथी, तपाइँको सभापति कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन।

मेरा हातहरू सफा छन्,’ उनले भनेका छन्, ‘मेरा पक्षमा ढुक्कले बोल्नुहोस्।’ उनले आफूलाई गलत प्रश्न नगर्न आग्रह गरेका छन्। ‘गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौं,’ उनले भनेका छन्। बिचौलिया इनम सापकोटाले आफ्नो नाम लिएको विषयमा गगनले भने, ‘करोडको कुरा गर्छन्। नेपाली कांग्रेसको आधिकारिताको कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन, अनुचित काम गरेको छैन, भएको छैन।’ उनले गत पुसमा भएको कांग्रेसको विशेष महाधिवेशनलाई भुइँ तहका कार्यकर्ताले गरेको विद्रोह भन्दै आफू त्यसमा मिसिएको बताए।

हिरासतमा रहेका इनममाथि राम्रोसँग अनुसन्धान गरे दूधको दूध पानीको पानी छुट्टिने उनको भनाइ छ। गगनले सरकारमाथि कांग्रेसले प्रश्न उठाएसँगै एउटा म्यानुफ्याक्चरिङ न्यारेटिभ्स सुरु भएको भन्दै त्यसबाट नतर्सिने बताए।