वातावरणNagarik News
पश्चिमी वायुको प्रभावले यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
Read the full story at Nagarik News

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ।
मधेस प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्ने तथा बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
आज राति हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ। तराईका साथै उपत्यका र खोँचहरूमा बिहानीपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ।
More environment
- जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्ने : परराष्ट्रमन्त्री खनालNagarik News
- जलवायु संकटसँग जुध्न नेपाल र दक्षिण कोरियाबिच महत्त्वपूर्ण सम्झौताNagarik News
- छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाNagarik News
- आज यी स्थानमा वर्षा र हिमपातको सम्भावनाSetopati
- पश्चिमी वायुको आंशिक प्रभाव: हिमाली र पहाडी भू-भागमा हल्का वर्षा तथा हिमपातको सम्भावनाDC Nepal
- पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावनाRatopati