जलवायु संकटसँग जुध्न नेपाल र दक्षिण कोरियाबिच महत्त्वपूर्ण सम्झौता
Read the full story at Nagarik News

नेपाल र गणतन्त्र कोरिया (दक्षिण कोरिया) बिच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखा सम्झौतामा हस्ताक्षर भएको छ। पेरिस सम्झौताको धारा ६ अन्तर्गत भएको उक्त सम्झौताले दुई देशबिच कार्बन बजार, जलवायुमैत्री लगानी, प्रविधि हस्तान्तरण, जलवायु अनुकूलन तथा दिगो विकासका क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको हो। सम्झौताअनुसार नेपाल र दक्षिण कोरियाबिच उत्सर्जन न्यूनीकरणसम्बन्धी परियोजना विकास तथा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त उत्सर्जन न्यूनीकरण उपलब्धिको हस्तान्तरण गर्न सकिनेछ।
यसबाट अन्तर्राष्ट्रिय कार्बन वित्त परिचालन हुनुका साथै जलवायु अनुकूलन तथा न्यूनीकरणका क्षेत्रमा सार्वजनिक र निजी क्षेत्रको लगानी प्रवर्द्धन हुने विश्वास गरिएको छ। सम्झौताले नवीकरणीय ऊर्जा, यातायात, उद्योग, भवन, फोहर व्यवस्थापन, कृषि तथा वन क्षेत्रलाई सहकार्यका प्राथमिकता प्राप्त क्षेत्रका रूपमा समेटेको छ। यी क्षेत्रमा जलवायुमैत्री परियोजना विकास, लगानी विस्तार तथा आधुनिक प्रविधिको उपयोगलाई प्रोत्साहन गरिनेछ।
त्यसैगरी, कार्बन उत्सर्जनको पारदर्शी लेखांकन, अनुगमन, प्रतिवेदन तथा प्रमाणीकरण प्रणाली (एमआरभी), समायोजन प्रक्रिया र उत्सर्जन न्यूनीकरणको दोहोरो गणना रोक्ने व्यवस्थासमेत सम्झौतामा समावेश गरिएको छ।
More environment
- जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्ने : परराष्ट्रमन्त्री खनालNagarik News
- छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाNagarik News
- पश्चिमी वायुको प्रभावले यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावनाNagarik News
- आज यी स्थानमा वर्षा र हिमपातको सम्भावनाSetopati
- पश्चिमी वायुको आंशिक प्रभाव: हिमाली र पहाडी भू-भागमा हल्का वर्षा तथा हिमपातको सम्भावनाDC Nepal
- पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावनाRatopati