Skip to main content
वातावरणRatopati

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

Read the full story at Ratopati

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ । मधेस प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्ने तथा बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । आज राति हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ ।

तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ ।