मौसम पूर्वानुमान : पश्चिमी वायुका आंशिक प्रभाव, वर्षा र हिमपातको सम्भावना
Read the full story at Bizmandu

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली भाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी र तराई भेगमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका केही र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। आज राति देशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ भने कोशी प्रदेशलगायत पहाडी भेगमा आंशिक बादल लाग्नेछ। तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। हिमाली भूभाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।
महाशाखाले सम्भावित वर्षा, हिमपात, चट्याङ र असिनाको जोखिमलाई ध्यानमा राखी सर्वसाधारण तथा सम्बन्धित निकायलाई पछिल्लो मौसमी सूचना र पूर्वानुमानबारे नियमित जानकारी लिन आग्रह गरेको छ। The post मौसम पूर्वानुमान : पश्चिमी वायुका आंशिक प्रभाव, वर्षा र हिमपातको सम्भावना appeared first on BIZMANDU .
More environment
- ‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’Nepal Khabar
- पश्चिमी वायुको प्रभावले आज यी स्थानमा मध्यमसम्म वर्षाको सम्भावनाSetopati
- एनपीएलमा आज चितवन र कर्णाली तथा काठमान्डु र पोखरा भिड्नेOnlinekhabar (Nepali)
- पश्चिमी वायुका प्रभावः केही स्थानमा वर्षा र हिमपातको सम्भावनाThaha Khabar
- पश्चिमी वायुको प्रभाव: केही प्रदेशमा असिनापानीसहित हिमपातको सम्भावनाDC Nepal
- चितवन–कर्णाली र काठमाण्डु–पोखराबिच अन्तिम स्थान निर्धारणका लागि प्रतिस्पर्धाRatopati