पश्चिमी वायुको प्रभावले आज यी स्थानमा मध्यमसम्म वर्षाको सम्भावना
Read the full story at Setopati
-1793442208.jpg)
दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाकी मौसमविद् निष्ठा निरौलाले बताएकी छन्। कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको एक दुई स्थानमा हल्कासम्मको वर्षा वा हिमपातको सम्भावना छ। यी ठाउँमा वर्षासँगै असिना पनि पर्न सक्ने सम्भावना रहेको उनले बताएकी छन्।
सोमबार भने कोशी प्रदेशको हिमाली र पहाडी भूभागका साथै बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको एक दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले पनि पश्चिमी वायु सुदूरपश्चिमबाट प्रवेश गर्ने क्रममा छ। ती भूभागमा विहानैदेखि वर्षा सुरू हुने सम्भावना रहेको उनले बताए।
सुदूरपश्चिमदेखि गण्डकीसम्मका हिमाली क्षेत्रमा मध्यम हिमपात तथा बागमतीदेखि कोशीसम्मका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको पोखरेलले बताएका छन्।
More environment
- ‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’Nepal Khabar
- एनपीएलमा आज चितवन र कर्णाली तथा काठमान्डु र पोखरा भिड्नेOnlinekhabar (Nepali)
- पश्चिमी वायुका प्रभावः केही स्थानमा वर्षा र हिमपातको सम्भावनाThaha Khabar
- मौसम पूर्वानुमान : पश्चिमी वायुका आंशिक प्रभाव, वर्षा र हिमपातको सम्भावनाBizmandu
- पश्चिमी वायुको प्रभाव: केही प्रदेशमा असिनापानीसहित हिमपातको सम्भावनाDC Nepal
- चितवन–कर्णाली र काठमाण्डु–पोखराबिच अन्तिम स्थान निर्धारणका लागि प्रतिस्पर्धाRatopati