चितवन–कर्णाली र काठमाण्डु–पोखराबिच अन्तिम स्थान निर्धारणका लागि प्रतिस्पर्धा
Read the full story at Ratopati

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आइतबार दुई खेल हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुनेछन् । दोस्रो खेलमा काठमाण्डु गोर्खाज र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता प्लेअफ चरणतर्फ अघि बढिरहेका बेला यी खेलले अंकतालिकाको समीकरण र टोलीहरूको अन्तिम स्थान निर्धारणमा भूमिका खेल्नेछ ।
चितवनले प्लेअफमा स्थान सुरक्षित गरिसकेको अवस्थामा कर्णाली आफ्नो अन्तिम खेलमा राम्रो नतिजा निकाल्ने लक्ष्यमा हुनेछ । त्यस्तै, काठमाण्डु प्लेअफमा पुगिसकेको छ भने पोखराका लागि पनि प्रतियोगिताको अन्तिम चरणमा प्रभावशाली प्रदर्शन गर्ने अवसर हुनेछ । आइतबारको पहिलो खेलमा चितवन र कर्णालीबिच दिउँसो साढे १२ बजे प्रतिस्पर्धा हुनेछ । तेस्रो संस्करणमा चितवनले अहिलेसम्म ६ खेल खेलेको छ । जसमा ३ खेलमा जित, २ खेलमा हार र एक खेलमा नतिजाविहीन हुँदै ७ अंक जोडेको छ ।
चितवन अंकतालिकाको चौथो स्थानमा छ । चितवनले प्रतियोगितामा विराटनगर किङ्ग्सलाई ८ रनले, पोखरा एभेन्जर्सलाई ३० रनले र जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ । सुदूरपश्चिम रोयल्ससँग ५ विकेट र काठमाण्डु गोर्खाजसँग १० रनले पराजित भएको थियो । लुम्बिनी लायन्ससँगको खेल वर्षाका कारण रद्द भएको थियो ।
More environment
- ‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’Nepal Khabar
- पश्चिमी वायुको प्रभावले आज यी स्थानमा मध्यमसम्म वर्षाको सम्भावनाSetopati
- एनपीएलमा आज चितवन र कर्णाली तथा काठमान्डु र पोखरा भिड्नेOnlinekhabar (Nepali)
- पश्चिमी वायुका प्रभावः केही स्थानमा वर्षा र हिमपातको सम्भावनाThaha Khabar
- मौसम पूर्वानुमान : पश्चिमी वायुका आंशिक प्रभाव, वर्षा र हिमपातको सम्भावनाBizmandu
- पश्चिमी वायुको प्रभाव: केही प्रदेशमा असिनापानीसहित हिमपातको सम्भावनाDC Nepal