Skip to main content
खेलकुदNagarik News

पदक वितरणमा अनियमितताको आरोपपछि गखेप सदस्य सचिव शर्मा बर्खास्त

Read the full story at Nagarik News

पदक वितरणमा अनियमितताको आरोपपछि गखेप सदस्य सचिव शर्मा बर्खास्त

बुधबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले शर्मालाई पदबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले जानकारी दिए। पदक वितरण विवादमा गठित छानबिन समितिको प्रतिवेदन र त्यसका आधारमा अघि बढाइएको कारबाही प्रक्रियापछि सरकारले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो। शर्मालाई बर्खास्त गर्ने तयारी भइरहेका बेला उनी भने कारबाही रोक्न माग गर्दै उच्च अदालत पोखरा पुगेका थिए। उनले आफूमाथि हुन लागेको कारबाही रोक्न उत्प्रेषणयुक्त परमादेश माग गर्दै रिट दायर गरेका थिए।

तर, न्यायाधीश हरिप्रसाद पौडेलको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। शुक्रबार भएको सुनुवाइमा दुवै पक्षको बहस सुनेपछि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै प्रमाण बुझ्ने आदेश दिएको थियो। अदालतले मंसिर २ गते दुवै पक्षलाई छलफलका लागि बोलाउनुका साथै सदस्य सचिव शर्मासँग मागिएको स्पष्टीकरण र छानबिन समितिको सक्कल प्रतिवेदन पेस गर्न आदेश दिएको थियो। गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयका सचिव डा.

शेषनारायण पौडेलको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय छानबिन समितिले पदक वितरणमा चरम लापरबाही र प्रक्रियागत त्रुटि भएको निष्कर्ष निकालेको थियो। समितिले सदस्य सचिव शर्मालाई कारबाही गर्न सिफारिस गरेको थियो।