Skip to main content
खेलकुदBizmandu2 outlets covering

चौथो खेलमा पनि पराजित पोखरा संकटमा, जितसँगै चितवन तेस्रो स्थानमा

Read the full story at Bizmandu

काठमाडौं। पोखरा एभेन्जर्स लगातार चौथो खेलमा पनि पराजित भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवनले पोखरालाई ३० रनले हराएको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५१ रन बनाएको थियो। पोखराको ब्याटिङ संघर्ष। जवाफी ब्याटिङमा उत्रिएको पोखरा अन्तिम ओभर बाँकी छँदा १२१ रन बनाएर अलआउट भयो।

पोखराका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाउँदा युवराज साम्राले १९ तथा किरण ठगुन्नाले १३ रनको योगदान दिए। तीन ब्याटरले खातै खोलेनन्। रिजन ढकालले सर्वाधिक ४ विकेट लिए। घातक बलिङ गर्नेक्रममा चितवनका रिजन ढकालले सर्वाधिक ४ विकेट लिँदा कमलसिंह ऐरीले ३ तथा डन मौउस्ले, मौसम ढकाल र कुशल मल्लले समान १ विकेट लिए। टस हारेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको हो। चितवनको ब्याटिङ।

चितवनका लागि सिकन्दर रजाले सर्वाधिक ३७ रन बनाउँदा रवि बोपाराले ३५ रन बनाए। पहिलो विकेटका लागि अर्जुन साउद र डेभिड मलानले ६० रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए। साउदले ३१ रन बनाउँदा मलानले २८ रन बनाए। बलिङमा पोखराका चमिका करुणारत्ने, कुशल भुर्तेल र विपिन खत्रीले समान २ विकेट लिए। आजको खेलमा कुशल मल्ल चितवन राइनोजको टोलीमा फर्किएका छन्।