भाइटीकाको मिठासमा मिसिन सक्छ विष, मिठाइ किन्दा सावधान!
Read the full story at Thaha Khabar

काठमाडौं : दाजुबहिनी र दिदिभाइहरू बिचको प्रेमको प्रतिकको पर्व पनि हो तिहार। तिहारको अन्तिम अर्थात भाइटीकाको दिन दिदिबहिनीहरूले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर विभिन्न प्रकारका मिठा-मिठा मिठाइ तथा खानेकुराका परिकारहरू आफ्ना दाजुभाइलाई दिने परम्परा छ। विशेषगरी प्रेम र सद्भावका साथ आफ्ना दाजुभाइलाई दिदिबहिनीले सेलरोटी सहित विभिन्न प्रकारका रोटीहरू बनाएर खुवाउने गरिन्छ भने घरमै बनाएका मात्र नभएर बजारमा पाइने थरिथरिका मिठाइसमेत किनेर भाइमसलामा आफ्ना दाजुभाइलाई दिने प्रचलन समेत छ।
तिहारमा दिदीबहिनीले दाजुभाइलाई प्रेमपुर्वक दिने मिठाइका प्रकारहरूले कहिलेकाही हानी समेत गर्ने हुँदा विशेष सावधानी अपनाउनु पर्छ। ट्रपिकल मेडिसिन विज्ञ डा शेर बहादुर पुनका अनुसार विभिन्न प्रकारका रङ र रसायन मिसाइएका कतिपय मिठाइका प्रकारहरूले स्वास्थ्यका लागि हानिकारक हुने हुँदा विशेष सावधानी अपनाउनु पर्ने बताउँछन। उनका अनुसार मिठाइमा मिसाइने रसायन र रङले तत्काल झाडापखालालगायत (फुड प्वाइजन) हुनसक्ने हुँदाबजारमा पाइने खानेकुरा तथा मिठाइहरू दाजुभाइलाई दिँदा विशेष सावधानी अपनाउनु पर्ने हुन्छ।
तर टीका लगाएर भाइमसला र सगुनका रूपमा दाजुभाइलाई दिइने ओखर, पेस्ता, बदाम, काजु,दालचिनि जस्ता खानेकुरा भने स्वास्थ्यका लागि फाइदाजनक हुन्छन्। ओखरमा हुने तेल मुटुका लागि अत्यन्त गुणकारी मानिन्छ।
More politics
- आईटीयू महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना दोहामाNepal Khabar
- बंगलादेशले भन्यो : शेख हिसनालाई पासपोर्ट दिन मिल्दैनNepal Khabar
- परराष्ट्रमन्त्री खनालले गरे कोप-३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटनNepal Khabar
- लामिछानेले ‘सरप्राइज’ दिए शाहले चाल्न सक्ने दुई कदमNepal Khabar
- कालीमाटीमा च्याउको भाउ किलोमै १४१ रुपैयाँ बढ्योNepal Khabar
- बलात्कार मुद्दामा बेलायती अभिनेता रसेल ब्रान्डविरुद्ध १० वर्ष ६ महिना जेलको फैसलाNepal Khabar