एआई प्रयोगलाई साहित्यिक चोरी मान्ने अभ्यासविरुद्ध सर्वोच्चमा रिट
Read the full story at Ratopati

काठमाडौँ । एआई प्रयोग गरेर तयार पारिएका शैक्षिक सामग्रीलाई स्वतः साहित्यिक चोरी ठहर गर्ने कतिपय निकायको अभ्यासविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । कानुन विषयका ६ विद्यार्थीले दायर गरेको रिटमा एआईको प्रयोग र वास्तविक साहित्यिक चोरीबिच स्पष्ट कानुनी भिन्नता हुनुपर्ने माग गरिएको छ ।
निवेदकहरूले एआईबाट तयार पारिएका सामग्री पहिचान गर्ने विदेशी कम्प्युटर प्रणालीको नतिजालाई मात्र आधार बनाएर विद्यार्थीका अनुसन्धानपत्र, शोधपत्र, गोष्ठीपत्र तथा अन्य शैक्षिक कार्यमाथि प्रश्न उठाउने र दण्डात्मक कारबाही गर्ने अभ्यास कानुनी आधारहीन हुन सक्ने जिकिर गरेका छन् । रिटमा नेपालमा एआईसम्बन्धी साहित्यिक चोरीको स्पष्ट कानुनी परिभाषा, मापदण्ड तथा नियमन व्यवस्था नभएको अवस्थामा टर्निटिन र आइथेन्टिकेटजस्ता प्रणालीबाट प्राप्त नतिजालाई अन्तिम प्रमाणका रूपमा लिन नमिल्ने उल्लेख छ । यस्ता प्रणालीका नतिजा फरक हुन सक्ने भन्दै त्यसकै आधारमा विद्यार्थीको शैक्षिक भविष्यमा प्रतिकूल असर पार्नु न्यायोचित नहुने निवेदकहरूको तर्क छ ।
निवेदनमा अरूको मौलिक सिर्जना जानाजानी आफ्नो नाममा प्रस्तुत गरेको तथ्य र मनसाय साहित्यिक चोरी स्थापित गर्ने महत्त्वपूर्ण आधार हुने उल्लेख गरिएको छ । एआईको प्रयोगलाई मात्र साहित्यिक चोरी वा प्रतिलिपि अधिकार उल्लङ्घनको आधार बनाउन नमिल्ने उनीहरूको जिकिर छ ।
More society
- जुवाखालबाट १७ जुवाडे पक्राउDC Nepal
- फिल्म प्रचारको शैलीप्रति सामाजिक सञ्जालमा चर्को आलोचनाRatopati
- The Hindu In School’s ‘Rising Stars 2.0’ to hold inter-school painting and quiz competitions in Tiruppur on November 21The Hindu
- Project CARA hosts programme for children with special needs on Children’s DayThe Hindu
- Govt. amends GO 97; polytechnic education to remain with TGCHEThe Hindu
- Political leaders mourn veteran Telugu actor GiribabuThe Hindu