फिल्म प्रचारको शैलीप्रति सामाजिक सञ्जालमा चर्को आलोचना
Read the full story at Ratopati

काठमाडौँ । हास्यप्रधान चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रमबाट अभिनेत्री गौरी मल्लसहित अन्य कलाकारहरूलाई प्रहरीले नियन्त्रणमा लिएको घटना वास्तविक नभई प्रचारको एउटा ‘फन्डा’ मात्र भएको खुलेको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा देखिएको उक्त नाटकीय दृश्य चलचित्र प्रचारको रणनीति भए पनि यस्तो शैलीलाई लिएर सामाजिक सञ्जालमा आलोचना समेत हुन थालेको छ ।
करिब एक घण्टा लामो ट्रेलर सार्वजनिक कार्यक्रमको अन्त्यतिर अचानक चार–पाँच जना प्रहरी हलभित्र प्रवेश गरेपछि त्यहाँको माहोल एकाएक तनावपूर्ण र आश्चर्यजनक बनेको थियो । सञ्चारकर्मीलाई अन्तिम प्रश्न राख्न आग्रह गरिरहेका बेला एक पत्रकारले प्रश्न सोध्दै गर्दा प्रहरीले हस्तक्षेप गरेका थिए । प्रहरीले कार्यक्रम रोक्न निर्देशन दिँदै चलचित्रका निर्देशक बिक्की अग्रवालसहित अभिनेत्री गौरी मल्ल, कलाकार मनोज गजुरेल, शिशिर वाङ्देल लगायतलाई हातमा समातेर बाहिर निस्कन भनेका थिए ।
त्यसलगत्तै प्रहरीले उनीहरूलाई हलबाट तल झारेर बाहिर तयारी अवस्थामा राखिएको प्रहरी भ्यानमा हालेर लगेका थिए । अप्रत्याशित रूपमा भएको यस घटनाले हलभित्र रहेका सञ्चारकर्मी मात्र होइन, बाहिर रहेका सर्वसाधारणलाई समेत अचम्मित बनाएको थियो ।
More society
- पर्वतीय एजेन्डालाई कोप–३१ को अन्तिम निर्णयमा समेट्न नेपालको पहलNepal Khabar
- जुवाखालबाट १७ जुवाडे पक्राउDC Nepal
- Srisailam temple officials direct officials to enhance facilities for devoteesThe Hindu
- The Hindu In School’s ‘Rising Stars 2.0’ to hold inter-school painting and quiz competitions in Tiruppur on November 21The Hindu
- Project CARA hosts programme for children with special needs on Children’s DayThe Hindu
- Govt. amends GO 97; polytechnic education to remain with TGCHEThe Hindu