तरकारी छाडेर फूल खेती, सोचेभन्दा राम्रो आम्दानी हुँदा कमला दंग
Read the full story at Nepal Khabar

बागलुङ नगरपालिका-१ रामरेखाको मैनडाँडाकी कमला थापाको पछिल्ला दिनमा परिचय फेरिएको छ । उनलाई धेरैले सफल कृषकको परिचय दिएकी छन् । त्यसमा पनि फूले खती गर्ने कृषकका रूपमा उनले नाम कमाएको छ । फूल खतीले उनलाई नामसँगै दाम पनि दिएको छ । सुरुआती दिनमा उनले प्लास्टिक टनेलमा व्यावसायिक तरकारी खेती गर्थिन्।
पछिल्लो तीन वर्षदेखि तरकारी छाडेर उनी फूल खेतीमा लागिन् । तरकारीबाट भन्दा बढी फूलबाट आम्दानी भएको उनले बताइन्। नजिकै रहेको बागलुङ कालिका मन्दिरमा फूलको माग बढ्दै गएपछि उनले तरकारी खेती छाडेर फूल खेती सुरु गरेकी हुन् । भाडामा लिएको दुई रोपनी जग्गामा तीन वटा प्लास्टिक टनेल निर्माण गरी उनले मौसमी तथा बेमौसमी फूल उत्पादन गर्दै आएकी छन्। 'लामो समयदेखि तरकारी खेती गर्दै आएकी थिएँ ।
तरकारीमा विषादी प्रयोग गर्नुपर्ने भएकाले फूल खेतीमा लागेकी हुँ । तीन वर्ष भयो, फूल खेतीबाट घर खर्च राम्रै चलेको छ,' थापाले भनिन्, 'वार्षिक रु दुई लाख ५० हजारदेखि तीन लाखसम्म आम्दानी हुन्छ । बजारमा बाहिरबाट फूल नआउँदा राम्रो बिक्री हुन्छ, नत्र कहिलेकाहीँ बोटमै कुहिने अवस्था पनि आउँछ। ' उनका अनुसार बेमौसममा उत्पादित फूल प्रतिकिलो रु ४०० सम्म र मौसमी फूल प्रतिकिलो रु २०० सम्म बिक्री हुने गरेको छ । प्लास्टिक टनेलभित्र खेती गर्दा बेमौसममा पनि फूल उत्पादन गर्न सकिने उनको अनुभव छ।
More politics
- अमेरिकी र अस्ट्रेलियन डलरको भाउ घट्यो, युरो र पाउन्डको बढ्योNepal Khabar
- बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ घाइतेNepal Khabar
- ‘बाटुलो जून’को ट्रेलरमा क्लासिक लबस्टोरी (भिडिओ)Nepal Khabar
- हामीले विगतमा गरेको असफल अभ्यास यो सरकार पनि पछ्याउँदै छ: डिला संग्रौलाNepal Khabar
- पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई विभागले तिरायो ५० हजार जरिवानाNepal Khabar
- प्रधानमन्त्रीलाई राज्य व्यवस्था समितिको बैठकमा उपस्थित गराउन शाहीको मागNepal Khabar