राजनीतिNepal Khabar2 outlets covering
बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ घाइते
Read the full story at Nepal Khabar

डडेल्धुरा सदरमुकामबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको जिप बुधबार बेलुका पाटन-पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका-१ सौडानी खोलामा दुर्घटना भएको हो। दुर्घटनामा बैतडीको पञ्चेश्वर गाउँपालिका-२ की ३५ वर्षीय सुना मङ्गोलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुरज सिंहले जानकारी दिए।
दुर्घटनामा जिप चालकसहित छ जना घाइते भएका छन् । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका-२ का सोमन मङ्गोला, अविनाश राम लुहार, निरज बस्केल, करन सिह मङ्गोला, सुनिल बस्केल र जीप चालक सन्तोष राम लुहार छन्।
घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। जिप अनियन्त्रित भई सडकबाट तल खसेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
More politics
- गगनलाई अमरेशको कटाक्ष : फेरि ‘मुखै हेर्दिनँ’को घर चहार्दै किन हिँडेको?Nepal Khabar
- अमेरिकी र अस्ट्रेलियन डलरको भाउ घट्यो, युरो र पाउन्डको बढ्योNepal Khabar
- निगरानी बढेसँगै गगन थापाले पाए सरकारले पक्राउ गर्न खोजेको सुइँकोNepal Khabar
- तरकारी छाडेर फूल खेती, सोचेभन्दा राम्रो आम्दानी हुँदा कमला दंगNepal Khabar
- ‘बाटुलो जून’को ट्रेलरमा क्लासिक लबस्टोरी (भिडिओ)Nepal Khabar
- हामीले विगतमा गरेको असफल अभ्यास यो सरकार पनि पछ्याउँदै छ: डिला संग्रौलाNepal Khabar