राजनीतिNepal Khabar
प्रधानमन्त्रीलाई राज्य व्यवस्था समितिको बैठकमा उपस्थित गराउन शाहीको माग
Read the full story at Nepal Khabar

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता तथा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य ज्ञानेन्द्र शाहीले तुरुन्तै समितिको बैठक बोलाउन अपिल गरेका छन्। उनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाललाई सम्बोधन गर्दै पछिल्ला घटनाक्रमका विषयमा छलफल गर्ने प्रयोजनका लागि समितिको बैठक बोलाउन आग्रह गरेका हुन्।
शाहीले समितिको बैठकमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव तथा नेपाल प्रहरीका महानिरीक्षकलाई अनिवार्य रूपमा उपस्थित गराउन पनि उनले आग्रह गरेका छन्। 'उक्त बैठकमा प्रधानमन्त्री, गृहमन्त्री,,गृहसचिव तथा नेपाल प्रहरीका महानिरीक्षकलाई अनिवार्य रूपमा उपस्थित गराई सम्बन्धित विषयमा स्पष्ट जवाफ माग्ने व्यवस्था मिलाउन सभापतिज्यूलाई विशेष अनुरोध गर्दछु,' शाहीले भनेका छन्।
More politics
- Is this government governing, or just putting on a show?Kathmandu Post
- The Sapkota scandal is not really about SapkotaKathmandu Post
- Mothers remain at risk even in tertiary hospitalsKathmandu Post
- Thapa seeks Oli’s support to save Congress-led Madhesh governmentKathmandu Post
- Saudi firm to pay 181,000 riyals to family of Nepali killed in drone strikeKathmandu Post
- New bridge connects communities separated by Lalbakaiya riverKathmandu Post