जनता हुनुको दुःख हामीलाई सजिलो गरी बुझाउने किताब
Read the full story at Onlinekhabar (Nepali)

सामान्य जीवन बाँचिरहेका जनतालाई पपुलिस्टहरूले नक्कली नारा बेचेर ‘तिमीहरू सुरक्षित छैनौ है’ भन्दिन्छन्। पपुलिज्मको लहरमा जनता हुनु कति कठिन छ, तिनले बुझाउँछन्। लरेन्जा एन्टोनुसीको पुस्तकलाई नेपालको सन्दर्भमा पढौं । जेनजी विद्रोहका बेला एउटा नारा चर्चित थियो : ‘तिम्रो बाउ गाडीमा, हाम्रो बाउ खाडीमा। ’ अरू थुप्रै नाराहरू थिए; तीमध्ये केही स्वतःस्फूर्त थिए, केही त प्रायोजितजस्ता पनि लाग्थे।
सारमा तिनको भावार्थ थियो : देशमा रोजगारीको वातावरण छैन, भएका सीमित अवसर पनि सानो र सुरक्षित वर्गले लिइरहेको छ। ३५ वर्षदेखि यो देशमा केही भएन, अब हामी नेपाल हाँसेको हेर्न चाहन्छौँ। त्यसबेला केपी ओलीको नेतृत्वमा कांग्रेस र एमालेको सरकार थियो। लामो समयदेखि थुप्रिँदै गएका नागरिक आक्रोशहरूको तारोमा ओली–देउवा गठबन्धन पर्नु स्वाभाविक थियो। किनभने, नेताहरूले यसलाई मलजल गर्ने बोली–व्यवहार प्रशस्तै देखाएका थिए।
ओली आफू १८ घण्टा काम गर्छु त भन्थे, तर तिनी दिनैपिच्छेजस्तो भन्नु–नभन्नु भन्थे। तिनका कार्यकर्ताहरू अहिले त बोल्न सक्दैनन् भने त्यसबेला बोल्थे होलान् त ? तर जे भए पनि ‘३५ वर्षको भाष्य’ कति गलत र अपूर्ण थियो भन्ने समीक्षा त्यसबेला नहुनु पनि खासै अनौठो भएन; किनभने यो देशमा बसेर मूलधार हुनु नै गल्तीजस्तो गरी चित्रित गरिएको बेला थियो।
More politics
- ऊर्जा मन्त्रालयका महाशाखा र शाखामा मन्त्री श्रेष्ठको आकस्मिक अनुगमनNepal Khabar
- पार्टीले आईजीपी फेर, सीडीओ फेर भनेर बिल्कुलै भन्दैन: रवि लामिछानेNepal Khabar
- काठमाडौंका बलर हाबी हुँदा सस्तैमा समेटियो विराटनगरNepal Khabar
- मिस्रीले भेटे रविNepal Khabar
- मिडियालाई अझै नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल अध्यादेश ल्याइयो: महासंघNepal Khabar
- विराटनगरमाथि काठमाडौँको सानदार जितNepal Khabar