इमरान खानलाई वकिलसँग एक घण्टा भेट्न दिन अदालतको आदेश
Read the full story at Onlinekhabar (Nepali)

इस्लामाबाद उच्च अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई वकिलसँग भेट्न अनुमति दिएको छ । इस्लामाबाद उच्च अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई वकिलसँग भेट्न अनुमति दिएको छ । मुख्य न्यायाधीश सरफराज डोगरको नेतृत्वमा रहेको दुई सदस्यीय इजलासले १९ करोड पाउन्डको अल कादिर ट्रस्ट प्रकरणमा सुनाइएको सजायविरुद्ध दायर पुनरावेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । सुनुवाइका क्रममा अदालतले इमरान खानका वकिल सलमान सफदरलाई कानुनअनुसार भेटघाटको अनुमति दिएको बताएको थियो ।
तर पछि थप पाँच जनालाई पनि इमरानसँग भेट्न दिनुपर्ने माग नआओस् भन्दै अदालतले सचेत गराएको थियो । इजलासका प्रमुखले केही दिनअघि मात्रै इमरान खान र बुशरा बीबीसँग भेटिसकेको अवस्थामा फेरि किन भेट्न चाहेको भन्दै सलमान सफदरलाई प्रश्न गरेका थिए । जवाफमा सफदरले अघिल्लो भेटमा पर्याप्त समय नपुगेकाले आफ्ना पक्षसँग पुनः भेट्न आवश्यक रहेको बताएका थिए । अदालतले सुरुमा बुशरा बीबी र इमरान खानसँग उनका वकिल सरदार लतिफ खोसालाई भेट्न अनुमति दिएको थियो ।
त्यसपछि सलमान सफदरलाई पनि इमरान खानसँग भेट्न अनुमति दिइएको हो । सुनुवाइका क्रममा बुशरा बीबीको स्वास्थ्य अवस्थाको विषयसमेत उठेको थियो ।
More society
- ट्रम्पले एनभिडिया प्रमुख हुआङलाई सोधे- तपाईंले प्रेम गर्ने महिला जासुस हुन् भन्ने थाहा थिएन?Nepal Khabar
- कृष्णपुर-१ निगालीमा किन छैन तिहारको उल्लासNepal Khabar
- लमजुङमा कार्यरत प्रहरी सहायक हबलदार मकवानपुरमा मृत भेटिएNepal Khabar
- नेपाल सम्वत् सबै नेपालीको साझा राष्ट्रिय सम्पदा हो: सभामुख अर्यालNepal Khabar
- Mannarkkad gears up to host Kerala State school science fair from November 18The Hindu
- Jewellery, cash stolen from seven houses in Central University staff quartersThe Hindu