Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

बलरको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीको अपराजित यात्रा कायम, जनकपुरको तेस्रो हार

Read the full story at Onlinekhabar (Nepali)

बलरको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीको अपराजित यात्रा कायम, जनकपुरको तेस्रो हार

लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले पूरै २० ओभर खेल्दा ८ विकेट गुमाएर ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो । १९ कात्तिक, काठमाडौं । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ । लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले पूरै २० ओभर खेल्दा ८ विकेट गुमाएर ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।

लुम्बिनीले यस सिजन खेलेको तीनवटै खेलमा जित हात पारेको छ भने चितवन राइनोज विरुद्धको खेलमा वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो । जनपकपुरलाई हराएपछि लुम्बिनी चार खेलबाट ७ अंकसहित शीर्ष स्थानमा कायम छ र प्लेअफ पुग्ने होड बलियो बनाएको छ । पाँच खेल खेलिसकेको जनकपुरको भने यो तेस्रो हार हो र यस हारपछि प्लेअफ पुग्न जनकपुरलाई बाँकी दुवै खेल जित्नुपर्ने आवश्यकता बनेको छ । जनकपुरका लागि आठौं नम्बरमा ब्याटिङ गरेका कप्तान हर्मीत सिंहले २० बल खेल्दै ३ छक्का मदतमा सर्वाधिक ३३ रन बनाए ।

नवौँ नम्बरमा ब्याटिङ गरेका आदित्यले २३ बल खेल्दै ४ चौका मदतमा अविजित ३० रन बनाए । हर्मीत र आदित्यले ब्याटिङमा प्रयास गरेपनि जिताउन सकेनन् । ६५ रनमै ५ विकेट गुमाएको अवस्थामा कप्तान हर्मीत सिंह र आदित्य महताले जनकपुरको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए ।