प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखबाट लिए ‘ब्रिफिङ’
Read the full story at Nepal Khabar

प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति-सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखसँग 'ब्रिफिङ' लिएका छन्। प्रधानमन्त्री शाहले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा.
मनोजकुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर 'ब्रिफिङ' लिएका हुन्। देशको सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई अझ प्रभावकारी बनाउन प्रधानमन्त्री शाहले निर्देशन दिएका छन्।
त्यस्तै, प्रधानमन्त्री शाहले नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र शान्ति-सुरक्षाको व्यवस्थालाई थप चुस्त-दुरुस्त बनाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
More politics
- ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्युNepal Khabar
- म कमजोर धरातलमा उभिएको छैन, मेरो पक्षमा ढुक्कले बोल्नुहोस्: गगन थापाNepal Khabar
- लुम्बिनीको अपराजित यात्रा कायमै, जनकपुरको तेस्रो हारNepal Khabar
- सर्वोच्चमा प्रस्तावित चार न्यायाधीशविरुद्ध २८ उजुरी, शुक्रबारदेखि सुनुवाइNepal Khabar
- महासंघका पूर्वअध्यक्षहरूको आह्वान- प्रेस स्वतन्त्रता र संविधानमाथि हस्तक्षेप बढ्यो, प्रतिवाद गरौँNepal Khabar
- राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामनाNepal Khabar