Skip to main content
राजनीतिNepal Khabar

लुम्बिनीको अपराजित यात्रा कायमै, जनकपुरको तेस्रो हार

Read the full story at Nepal Khabar

लुम्बिनीको अपराजित यात्रा कायमै, जनकपुरको तेस्रो हार

पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई हराउँदै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अपराजित यात्रा कायम राखेको छ। बिहीबारको पहिलो खेलमा जनकपुरलाई १६ रनले हराउँदै लुम्बिनीले अंक तालिकामा सात अंक बनाएको छ। तीन जित र एक खेलमा अंक बाँड्दै लुम्बिनी सात अंकसहित तालिकाको शीर्षस्थानमा यथावत रहेको हो। दोस्रो स्थानको विराटनगर किंग्सको चार अंक छ। समान चार अंक भएको कर्णाली याक्स तेस्रो, जनकपुर चौथो र सुदूरपश्चिम रोयल्स पाचौँ स्थानमा छ।

सैफ हसन २८ रन बनाउँदा डार्सी सर्टको बलमा बोल्ड आउट भए। तृतराज दास पनि १८ रन बनाउँदा डार्सी सर्ट कै बलमा बोल्ड आउट भए। आदित्य त्रिपाठी २४ रनमा नटआउट रहे। लुम्बिनीका लागि डार्सी सर्टले तीन विकेट लिए। ब्याटिङबाट टोलीलाई योगदान दिन नसकेका डार्सीले बलिङबाट भने योगदान दिए।

शेर मल्ल र तिलक भण्डारीले समान २ विकेट लिए रुवेन ट्रम्पलम्यानले एक विकेट आफ्नो नाममा गरे। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रनको योगफल तयार पारेको थियो। कप्तान रोहित पौडेलले बनाएको ३४ रन नै लुम्बिनीका लागि सर्वाधिक रह्यो। उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दा अविशेक तिवारीको बलमा ललितको हातबाट क्याच आउट भए। आशिफ शेख २१ रन बनाउँदा हरमित सिंहको बलमा एलबीडब्लु धरापमा परे।