Skip to main content
अर्थतन्त्रRatopati

बुकर जित्ने सबैभन्दा ज्येष्ठ लेखक ह्यारिसन भन्छन्, ‘मलाई अझै २६ वर्षको महसुस हुन्छ’

Read the full story at Ratopati

बुकर जित्ने सबैभन्दा ज्येष्ठ लेखक ह्यारिसन भन्छन्, ‘मलाई अझै २६ वर्षको महसुस हुन्छ’

बेलायती लेखक एम जोन ह्यारिसन ८१ वर्षको उमेरमा बुकर पुरस्कार जित्ने अहिलेसम्मकै सबैभन्दा ज्येष्ठ लेखक बनेका छन् । सन् २०२६ को बुकर पुरस्कार जितेपछि उनले आफ्नो उमेरलाई लिएर अनौठो अनुभूति भइरहेको बताएका छन् । ‘मलाई अझै २६ वर्षको महसुस हुन्छ,’ उनले भनेका छन् । डिस्टोपियन व्यङ्ग्य उपन्यास ‘द एन्ड अफ एभ्रिथिङः द सर्पेन्ट्स टेल’ का लागि ह्यारिसनले यस वर्षको बुकर पुरस्कार जितेका हुन् । यो उनको १३औँ उपन्यास हो ।

पुरस्कारका लागि पहिलोपटक मनोनयनमा परेका उनले ५० हजार पाउन्ड राशिको पुरस्कार जितेका हुन् । स्वतन्त्र प्रकाशन गृहबाट प्रकाशित पुस्तकले बुकर जितेको पनि यो पहिलोपटक हो । ह्यारिसनको उपन्यासलाई विज्ञानकथाका रूपमा पनि चर्चा गरिएको छ । तर, उनी आफूलाई कुनै निश्चित विधामा सीमित राख्न चाहँदैनन् । लेखनलाई विधागत वर्गीकरणमा बाँध्नु लेखकका लागि साँघुरो पोसाक लगाउनुसरह भएको उनको भनाइ छ ।

गत सोमबार, नोभेम्बर १० मा पुरस्कार घोषणा भएपछि कस्तो महसुस गर्नुभयो भन्ने प्रश्नमा ह्यारिसनले भने, ‘त्यहाँ कुनै विचारभन्दा पनि अत्यन्तै डरको अनुभूति थियो । मैले पुरस्कार जित्छु भन्ने अपेक्षा गरेको थिइनँ । त्यसपछि करिब दुई मिनेटसम्म म चरम त्रासको अवस्थामा रहेँ । ’ पुरस्कार घोषणाको भोलिपल्ट भने उनी केही सम्हालिएका थिए ।