सामाजिक सुरक्षा कोषमा करिब १ खर्ब ३० अर्ब रुपैयाँ संकलन, आबद्ध हुनेको संख्या ३२ लाख ४३ हजार पुग्यो
Read the full story at Setopati

कोषकाअनुसार गत असोज मसान्तसम्म औपचारिक, वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार क्षेत्रका गरी ३२ लाख ४३ हजार ७०१ जना योगदानकर्ताले हालसम्म हालसम्म १ खर्ब २९ अर्ब ६४ करोड रुपैयाँ योगदान गरेका छन्। कोषमा सहभागिताको हिसाबले वैदेशिक रोजगारीमा जानेहरूको संख्या ठूलो छ। सोही कारण योगदानको हिसाबले पनि उनीहरूले नै बढी गरेका छन्। यो कुल योगदानकर्ताको करिब ७५ प्रतिशत हो। त्यस्तै, औपचारिक क्षेत्रबाट ७ लाख ९० हजार ८३ जना, अनौपचारिक क्षेत्रबाट १ हजार १६८ जना र स्वरोजगार क्षेत्रबाट १ हजार ४९२ जना कोषमा आबद्ध भएका छन्।
प्रदेशगत रूपमा बागमती प्रदेश सबैभन्दा अगाडि देखिएको छ। त्यसपछि लुम्बिनी, मधेस, गण्डकी, कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेश रहेका छन्। बागमतीमा रोजगारदाता संस्थाको संख्या पनि सबैभन्दा धेरै छ। तथ्यांकअनुसार औपचारिक क्षेत्रबाट २३ हजार ८०७ रोजगारदाता संस्था कोषमा आबद्ध छन्। प्रदेशगत रूपमा बागमतीमा १५ हजार ५५१ रोजगारदाता संस्था छन्।
कोशीमा २ हजार ७०३, मधेसमा १ हजार ३२१, गण्डकीमा १ हजार ४२८, लुम्बिनीमा २ हजार १९०, कर्णालीमा ३१४ र सुदूरपश्चिममा ३८० रोजगारदाता संस्था आबद्ध छन्। यसले सामाजिक सुरक्षा कोषमा औपचारिक क्षेत्रको सहभागिता बागमती प्रदेशमा सबैभन्दा बढी केन्द्रित रहेको देखाएको छ। विशेषगरी निजी कम्पनी, उद्योग, प्रतिष्ठान तथा अन्य संगठित संस्थामार्फत औपचारिक क्षेत्रका श्रमिक कोषमा जोडिएका छन्।
More business
- व्यवसायी ढकाल र यूएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता, नेपालमा लगानी विस्तार गर्न आग्रहNepal Khabar
- कर्णालीको कप्तान परिवर्तन, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दैNepal Khabar
- ४० लाख ब्यारेल तेल बोकेका २ ट्यांकर हर्मुजमा विष्फोटDC Nepal
- अर्डर कम आएपछि आत्तिएका सुन व्यापारी कारोबारबाट खुशी, तिहारमा कति किलो बेचे?Bizmandu
- सिटी सफारीको ठक्करबाट एक जनाको मृत्युDC Nepal
- मकवानपुर दुर्घटनाका मृतकको पहिचान र शव व्यवस्थापनमा सहजीकरण गर्न रास्वपाको आग्रहDC Nepal