हार्दिक पाण्ड्यालाई पञ्जाब पठाएर अर्शदीपलाई भित्र्याउँदै मुम्बई
Read the full story at Onlinekhabar (Nepali)

क्रिकइन्फोका अनुसार मुम्बईले हार्दिकलाई पञ्जाब पठाएर बायाँहाते तीव्र गतिका बलर अर्शदीप सिंहलाई टोलीमा भित्र्याउन लागेको हो। काठमाडौं । पाँच पटकको आईपीएल च्याम्पियन मुम्बई इन्डियन्सले कप्तान हार्दिक पाण्ड्यालाई पञ्जाब किंग्ससँग साट्ने तयारी गरेको छ। क्रिकइन्फोका अनुसार मुम्बईले हार्दिकलाई पञ्जाब पठाएर बायाँहाते तीव्र गतिका बलर अर्शदीप सिंहलाई टोलीमा भित्र्याउन लागेको हो। दुवै फ्रेन्चाइजले खेलाडी साटफेरका लागि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) अन्तर्गतको आईपीएलसमक्ष चासो देखाइसकेका छन्।
अब दुवै खेलाडीको लिखित सहमति लिनुपर्नेछ। त्यसपछि फ्रेन्चाइजबीच अन्तिम छलफल भएर आईपीएलबाट कारोबार स्वीकृत हुने प्रक्रिया अघि बढ्नेछ। यो प्रक्रिया आगामी २४ घण्टाभित्र अघि बढ्ने अपेक्षा गरिएको छ। सन् २०२६ को आईपीएलको पछिल्लो चरणदेखि नै हार्दिक र मुम्बईबीच भविष्यबारे छलफल भइरहेको थियो। हार्दिकले टोलीबाट बाहिरिन चाहेको बताएपछि मुम्बईले अन्य फ्रेन्चाइजसँग खेलाडी साटफेरको सम्भावना खोजेको थियो।
रोयल च्यालेन्जर्स बेंगलुरुबाहेक अन्य टोलीसँग मुम्बईले छलफल गरेको समाचारमा उल्लेख छ। गत सिजन मुम्बई नवौँ स्थानमा रहेपछि टोलीलाई तीव्र गतिका बलरको आवश्यकता देखिएको थियो। जसप्रित बुमराहलाई साथ दिन सक्ने बलरका रूपमा मुम्बईले अर्शदीपलाई प्राथमिकतामा राखेको हो।
More politics
- न्यायाधीश भएपछि राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु: जनक पाण्डेNepal Khabar
- अस्ट्रेलियाका प्रधानमन्त्रीले ढाकाटोपी लगाएर सम्बोधन गरे ‘नेपाल फेस्टिभल’Nepal Khabar
- बालेन सरकारको काम गराइ हिन्दी जासुसी फिल्म जस्तो: प्रचण्डNepal Khabar
- सर्वोच्चमा प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदनNepal Khabar
- अब इतिहासको कुरा मात्र गरेर हुँदैन: प्रकाशमान सिंहNepal Khabar
- एनपीएलमा डेविड वार्नरको अर्धशतकNepal Khabar