Skip to main content
राजनीतिNepal Khabar

परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै

Read the full story at Nepal Khabar

परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल आज आइतबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन्। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्।

प्रधानमन्त्री शाहले नेतृत्व गर्ने प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी सहभागी हुनेछन्। अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत छ।

अमेरिका भ्रमण सकेर प्रधानमन्त्री शाह सेप्टेम्बर २६ तारिख स्वदेश फर्किने कार्यक्रम छ भने परराष्ट्रमन्त्री खनाल यसको तीन दिनपछि आउनेछन्।