तनहुँमा दुई लाख ६१ हजार पशुपन्छीको बीमा, ६९ करोडको जोखिम बीमाको दायरामा
Read the full story at Bizmandu
दमौली। तनहुँमा पशुधनको जोखिम न्यूनीकरण तथा पशुपालक किसानलाई सम्भावित आर्थिक क्षतिबाट जोगाउने उद्देश्यले पशु बीमा कार्यक्रम सञ्चालन हुँदै आएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँका अनुसार जिल्लामा गाई, भैँसी, बाख्रा, बङ्गुर, कुखुरा, माछा तथा घोडा–खच्चर गरी दुई लाख ६१ हजारभन्दा बढी पशुपन्छी तथा जलचरको बीमा गरिएको छ । कार्यालयका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीका अनुसार बीमा गरिएका पशुपन्छी तथा माछाको कुल सङ्ख्या दुई लाख ६१ हजार ११२ छ।
बीमा गरिएका पशुधनको विवरणमा सबैभन्दा धेरै कुखुरा छन्। त्यसपछि माछा, बाख्रा, गाई, भैँसी, बङ्गुर र घोडा–खच्चरको बीमा गरिएको छ। ठकुरीका अनुसार गाई, भैँसी, घोडा–खच्चर, बाख्रा, बङ्गुर, कुखुरा र माछाको बीमित मूल्य जोड्दा रु ६८ करोड ९३ लाख ४२ हजार ४२८ पुगेको छ। यी पशुधनको बीमाका लागि कुल प्रिमियम शुल्क रु तीन करोड २२ लाख ९३ हजार ८९० रहेको छ भने किसानले व्यहोरेको रकम रु ६४ लाख ५० हजार ७७९ छ।
ठकुरीका अनुसार जिल्लामा एक लाख ५२ हजार १४७ कुखुराको बीमा गरिएको छ। कुखुराको बीमित मूल्य रु १० करोड ४५ लाख ९० हजार ६८१ छ। यसका लागि रु ३० लाख पाँच हजार १३३ प्रिमियम शुल्क लागेकामा किसानले रु ६ लाख एक हजार २७ व्यहोरेका छन् । यस्तै ९८ हजार पाँच सय माछाको बीमा गरिएको छ।
More business
- Nepal launches TikTok campaign to promote tourism to global audiencesKathmandu Post
- Nepal’s share market weathers political jittersKathmandu Post
- एक करोडको कारोबार गर्दै ‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ सम्पन्नNepal Khabar
- राशिफल २३ कात्तिक : कर्कटले खानपानमा विचार पुर्याउनुपर्ने, मिथुनले आश्वासन दिनेको विश्वास नगर्नु बेस, तपाईँको दिन कस्तो?Nepal Khabar
- लक्ष्मीपूजामा विद्युत्को ‘पिक लोड’ १८१३ मेगावाट, ५८७ मेगावाट विद्युत् भारत निर्यातNepal Khabar
- हामीले बिजुलीलाई आर्थिक समृद्धिको आधार बनाउनु पर्छ: कुलमान घिसिङNepal Khabar