अनमोलको फिल्मको खुल्यो टिकट बुकिङ, मल्टिप्लेक्सले कति दिए शो?
Read the full story at Setopati

यही बिहीबारदेखि प्रदर्शनमा आउन लागेको फिल्मको सोमबारदेखि अग्रिम टिकट बिक्री खुला गरिएको हो। भाइटीकाको भोलिपल्टदेखि प्रदर्शन तयारीमा रहेको फिल्मको मल्टिप्लेक्सहरूले शो तालिका सार्वजनिक गर्दै बुकिङ खुलाएका हुन्। देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले बिहीबारका लागि फिल्मलाई देशभर आफ्ना हलमा कुल ५७ शो उपलब्ध गराएको छ। सोमबार बेलुकासम्मको विवरणअनुसार क्युएफएक्सले काठमाडौं उपत्यकाभित्र २७ र उपत्यकाबाहिर ३० शो दिएको हो। त्यस्तै, दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले फिल्मलाई १९ शो दिएको छ।
अन्य केही मल्टिप्लेक्सले पनि अग्रिम बुकिङ खुलाइसकेका छन् भने केही हलमा टिकट बिक्री खुल्न बाँकी छ। यी शो संख्या प्रारम्भिक हुन्। बुकिङको अवस्था हेरेर हलहरूले शो थपघट गर्न सक्नेछन्। त्यसैले प्रदर्शनको दिनसम्म फिल्मको शो संख्या परिवर्तन हुन सक्नेछ। 'बाटुलो जून' अनमोलको करिब एक वर्षपछि प्रदर्शनमा आउन लागेको नयाँ फिल्म हो।
फिल्मको टिजर, ट्रेलर र गीतले दर्शकमाझ राम्रो हाइप बनाएको देखिन्छ। अनमोल यसपटक पहिलोपटक ग्रामीण परिवेशको कथा र गाउँले चरित्रमा प्रस्तुत भएका छन्। यही फरक अवतारका कारण पनि फिल्मलाई चासोका साथ हेरिएको छ। भुवन केसी निर्देशित 'बाटुलो जून' मा अनमोलसँगै नव-अभिनेत्री प्रिन्सी खतिवडा मुख्य भूमिकामा छन्।
More society
- Police recapture six of eight Dolpa prison escapeesKathmandu Post
- ३ जना सवार मोटरसाइकल भिरबाट खस्दा १ पुरुष र २ महिलाको मृत्युNepal Khabar
- एनभिडियाका सीईओ हुआङले चिनियाँ महिलासँग प्रेम गरेको खुलासा भएपछिNepal Khabar
- पतिको हत्याको आरोपमा पत्नीसहित भारतीय युवक पक्राउNepal Khabar
- 578 caught driving under influence in two-day Hyderabad traffic police driveThe Hindu
- चाडपर्वको बिदामा पनि मानव अधिकार आयोगका कार्यालय खुला रहनेOnlinekhabar (Nepali)