Skip to main content
समाजNepal Khabar

एनभिडियाका सीईओ हुआङले चिनियाँ महिलासँग प्रेम गरेको खुलासा भएपछि

Read the full story at Nepal Khabar

एनभिडियाका सीईओ हुआङले चिनियाँ महिलासँग प्रेम गरेको खुलासा भएपछि

चीनका लागि जासुस गरिरहेकी चिनियाँ महिलासँग प्रेम सम्बन्ध बनाएको आरोपमा अमेरिकास्थित विश्वको सबैभन्दा ठुलो चिप कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङविरुद्ध अनुसन्धान सुरु गरिएको छ। अमेरिकी गुप्तचर एजेन्सीहरूले ती चिनियाँ महिलाले हुआङसँग घनिष्ठ सम्बन्ध विकास गरी अमेरिकाविरुद्धका महत्त्वपूर्ण जानकारी चीनलाई दिएको शंका गरेका छन्। न्युयोर्क टाइम्सका अनुसार हुआङले आइतबार कम्पनीको बोर्डसमक्ष आफ्नो सम्बन्ध स्वीकार गरेका छन्। र, आफ्ना श्रीमती र छोराछोरीसँग पनि माफी मागेका छन्। जेन्सेन हुआङले भनेका छन्, 'मैले मेरी श्रीमतीलाई धोका दिएँ।

मेरो कार्यले उनलाई र हाम्रा छोराछोरीलाई चोट पुर्‍यायो। यसsf लागि मसँग कुनै बहाना छैन। मलाई पछुतो छ। ' यस वर्ष अमेरिकाका विदेशमन्त्री मार्को रुबियोको निगरानीमा तयार पारिएको गोप्य प्रतिवेदनमा चीनको गुप्तचर निकायले एलिस हुआङलाई जेन्सेन हुआङको नजिक हुन तयार पारेको दाबी गरिएको छ। अमेरिकी गुप्तचर एजेन्सीहरूले एक वर्षभन्दा बढी समयदेखि उनको निगरानी गरिरहेका थिए।

यस क्रममा उनीहरूले 'ती महिलाले सिधै चीनमा जानकारी पठाइरहेको पत्ता लगाएका' हुन्। महिलाको अनलाइन प्रोफाइलअनुसार उनी चीनमा टीभी रिपोर्टरको काम गर्थिन्। पछि उनी सिंगापुरमा आधारित डेटा सेन्टर कम्पनी मेगास्पिडमा वरिष्ठ कार्यकारी बनिन्। यो कम्पनी दक्षिणपूर्वी एसियामा एनभिडियाको प्रमुख ग्राहकमध्ये एक हो।