पतिको हत्याको आरोपमा पत्नीसहित भारतीय युवक पक्राउ
Read the full story at Nepal Khabar

मोरङको जहदा गाउँपालिका-२ मोहनपुर निवासी ४० वर्षीय बुधराम सोरेनको आइतबार राति करिब ९ बजे टाउकोमा फलामको रड प्रहार गरी हत्या गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए। रड प्रहारबाट गम्भीर घाइते भएका सोरेनको घटनास्थलमै मृत्यु भएको थियो। मृतककी पत्नी ३५ वर्षीया कमली बास्के र भारतको बिहारस्थित कटिहारका २७ वर्षीय सुनील मिश्रले सोरेनमाथि रड प्रहार गरि हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले एसपी कटवालको भनाइ छ।
प्रारम्भिक अनुसन्धानबाट कमली र भारतीय नागरिक सुनीलबीच विवाहेत्तर प्रेम सम्बन्ध रहेको खुलेको उनले बताए। यस सम्बन्धबारे पति बुधरामले थाहा पाएपछि पोल खुल्ने डरले उनीहरूले हत्याको योजना बनाएको प्रहरीको निष्कर्ष छ। घटनालगत्तै प्रहरी चौकी मझारेबाट खटिएको टोलीले भारतीय नागरिक सुनीललाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो।
घटनापछि फरार भएकी कमलीलाई सोमबार बिहान घरबाट एक किलोमिटर पश्चिमको खेतबाट पक्राउ गरिएको हो। प्रहरीले हत्यामा प्रयोग भएको फलामको रड बरामद गरेको छ भने मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पताल, विराटनगर राखिएको छ।
More society
- Police recapture six of eight Dolpa prison escapeesKathmandu Post
- एनभिडियाका सीईओ हुआङले चिनियाँ महिलासँग प्रेम गरेको खुलासा भएपछिNepal Khabar
- ३ जना सवार मोटरसाइकल भिरबाट खस्दा १ पुरुष र २ महिलाको मृत्युNepal Khabar
- Police step up drive against traffic rule violations in Kozhikode cityThe Hindu
- Special Sub-Inspector of Police beaten to death in TheniThe Hindu
- विद्यालयमै गुन्द्री बुन्दै र रोबोट बनाउँदै बालबालिकाNagarik News