Skip to main content
समाजNagarik News

विद्यालयमै गुन्द्री बुन्दै र रोबोट बनाउँदै बालबालिका

Read the full story at Nagarik News

विद्यालयमै गुन्द्री बुन्दै र रोबोट बनाउँदै बालबालिका

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१८ हर्नामाडीस्थित मकवानपुर बाल विद्या सदनले पाठ्यपुस्तकको पढाइमा मात्र सीमित नराखी विद्यार्थीलाई माध्यमिक तह पूरा गर्दासम्म १० वटा व्यावहारिक सीप सिकाउने अभियान चलाएको छ। विद्यालयले ‘एक कक्षा, एक सीप’ अवधारणाअनुसार कक्षा १० उत्तीर्ण गर्दासम्म कम्तीमा १० जीवनोपयोगी सीप सिकाउने लक्ष्य लिएको हो। विद्यार्थीमा सिर्जनशीलता, आत्मनिर्भरता र उद्यमशीलता विकास गर्ने उद्देश्यले विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको ‘स्किल क्याम्प’ को तेस्रो संस्करण शुक्रबार सम्पन्न भएको छ।

चाडपर्वको लामो बिदापछि विद्यालय फर्किएका विद्यार्थीलाई सिर्जनात्मक गतिविधिमा जोड्न दसैं-तिहारपछिको पहिलो साता यस्ता सीप सिकाउने गरिएको प्रधानाध्यापक सुदीपराज गिरीले बताए। उनका अनुसार विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई व्यावहारिक अभ्याससँग जोड्ने ‘स्टिम’ शिक्षण अवधारणालाई समेत यसमा समावेश गरिएको छ। विद्यालयले उमेर र कक्षाअनुसार फरक-फरक सीप निर्धारण गरेको छ।

जसअन्तर्गत कक्षा ३ सम्मका बालबालिकाले स्वास्थ्य तथा व्यक्तिगत सरसफाइसम्बन्धी अभ्यास गरे। कक्षा ४ का विद्यार्थीले भने खेर गएका पुराना कागजलाई पुनःप्रशोधन गरी नयाँ कागज बनाउनुका साथै त्यसमा छपाइसमेत गरे। सोही कक्षाकी विद्यार्थी अधिश्री दाहालले विद्यालयमा सिकेको सीप घरमा आमा सपना ढुङ्गानालाई समेत सिकाइन्।