सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो: प्रदीप पौडेल
Read the full story at Nepal Khabar

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले आफ्ना गल्ती तथा कमजोरी ढाकछोप गर्न सभापति गगनकुमार थापाबारे अफवाह फैलाएको बताएका छन्। बिहीबार पार्टी मुख्यालय सानेपामा पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले कांग्रेस धम्की दिँदैमा नतर्सिने बताए। उनले बिचौलिया इनम सापकोटा र गगनकुमारबीच कुनैपनि प्रकारको चिनजान र लेनदेन नभएको समेत दाबी गरे। बिचौलिया सापकोटा स्वयं प्रधानमन्त्रीको चुनावी प्रचारप्रसारमा हिँडेको देखिएको उनको भनाइ छ।
महामन्त्री पौडेलले सरकारले कांग्रेस र सभापति थापामाथि लगाएको आरोपको पुष्टि गर्न समेत चेतावनी दिए। उनले सरकारले कानूनअनुसार मर्यादामा बस्नुपर्ने बताए। उनले भने, 'अहिले जुन ढंगबाट हाम्रो सभापतिको बारेमा चर्चा परिचर्चा चलेको छ यो विषयान्तर गर्नको लागि अफवाह फैलाइएको हो। यसले हामीलाई कुनैपनि प्रकारको असर गर्दैन।
हामी कुनैपनि हिसाबले तर्सिदैनौँ। इनम सापकोटासँग सभापतिज्यू कुनैपनि प्रकारको चिनजान नभएको र सम्बन्ध समेत नभएको कुरा हिजोको पत्रकार सम्मेलनमार्फत जानकारी गराइसकेका छौँ। बरु उहाँ अहिलेका प्रधानमन्त्रीज्यूको चुनावी प्रचारप्रसारमा कति ठाउँमा जानुभयो भनेर सोध्नुस् न। पहिले त सरकारले जे आरोपअ लगाइरहेको छ त्यो पुष्टि गरोस् न।
More politics
- राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामनाNepal Khabar
- ऊर्जा मन्त्रालयका महाशाखा र शाखामा मन्त्री श्रेष्ठको आकस्मिक अनुगमनNepal Khabar
- महासंघका पूर्वअध्यक्षहरूको आह्वान- प्रेस स्वतन्त्रता र संविधानमाथि हस्तक्षेप बढ्यो, प्रतिवाद गरौँNepal Khabar
- पार्टीले आईजीपी फेर, सीडीओ फेर भनेर बिल्कुलै भन्दैन: रवि लामिछानेNepal Khabar
- मिश्रीले भेटे रविNepal Khabar
- काठमाडौंका बलर हाबी हुँदा सस्तैमा समेटियो विराटनगरNepal Khabar