Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

के राति रोइरहने बच्चालाई सुताउन ‘ह्वाइट नोइज’ उपयुक्त हुन्छ ?

Read the full story at Onlinekhabar (Nepali)

के राति रोइरहने बच्चालाई सुताउन ‘ह्वाइट नोइज’ उपयुक्त हुन्छ ?

विशेषगरी नवजात शिशु र ६ महिनाभन्दा कम उमेरका बालबालिकामा निद्राको अनियमितता देखिन्छ । यस्तो अवस्थामा पछिल्लो समय नेपालसहित विश्वभरका अभिभावकबीच एउटा प्रविधि लोकप्रिय हुँदै गएको छ– ‘ह्वाइट नोइज’ अर्थात् सेतो आवाज। मोबाइल एप, युट्युब, साउन्ड मेसिन तथा विभिन्न डिजिटल उपकरणमार्फत उपलब्ध हुने यो आवाजले शिशुलाई शान्त पार्ने, रुवाइ कम गर्ने र निदाउन सहयोग गर्ने दाबी गरिन्छ । तर के वास्तवमै ‘ह्वाइट नोइज’ ले शिशुलाई राम्रोसँग सुताउँछ ?

यसले मस्तिष्कको विकासमा कस्तो प्रभाव पार्छ ? यसको प्रयोग सुरक्षित छ कि छैन ? यी प्रश्नको उत्तर वैज्ञानिक दृष्टिकोणबाट बुझ्न आवश्यक छ । ‘ह्वाइट नोइज’ भनेको मानिसले सुन्न सक्ने विभिन्न आवृत्तिका ध्वनिहरूलाई लगभग समान तीव्रताका साथ मिसाएर तयार गरिएको निरन्तर आवाज हो ।

यसलाई रेडियोमा च्यानल नमिल्दा सुनिने आवाज, पंखा चलेको आवाज, पानीको निरन्तर बहाव वा पहिलेका टेलिभिजनको सिग्नल नमिल्दा आउने आवाजसँग तुलना गर्न सकिन्छ । यसको मुख्य विशेषता भनेको यसले वरिपरिका अचानक आउने आवाजहरूलाई पृष्ठभूमिको निरन्तर ध्वनिमा मिसाएर कम ध्यानाकर्षक बनाउनु हो । उदाहरणका लागि, बच्चा सुतिरहेको बेला ढोका बन्द भएको, गाडी गुडेको वा मानिस बोलेको आवाजले उसलाई ब्यूँझाउन सक्छ । तर निरन्तर कम आवाजमा बजिरहेको ‘ह्वाइट नोइज’ ले यस्ता आकस्मिक आवाजसँगको भिन्नता कम गर्न सक्छ ।