Skip to main content
वातावरणThaha Khabar2 outlets covering

कोप–३१ मा जलवायु वित्त र हरित विकासमा सहकार्यबारे छलफल

Read the full story at Thaha Khabar

कोप–३१ मा जलवायु वित्त र हरित विकासमा सहकार्यबारे छलफल

अन्ताल्या (टर्किए) : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई) का कार्यकारी निर्देशक सङ–ह्युप किमबीच जलवायु वित्त तथा हरित विकासका क्षेत्रमा सहकार्य विस्तारबारे छलफल भएको छ। टर्किएको अन्ताल्यामा जारी कोप–३१ का क्रममा आज भएको द्विपक्षीय भेटवार्तामा नेपालका प्राथमिकता र आगामी सहकार्यका सम्भावित क्षेत्रबारे छलफल भएको हो।

भेटमा मन्त्री चौधरीले जीजीजीआई नेपालको विकास साझेदारका रूपमा जलवायुमैत्री कृषि, स्वच्छ यातायात, हरित वित्त तथा पारिस्थितिकीय प्रणालीको पुनःस्थापनामा पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गरिन्। उनले यस सहकार्यलाई थप रणनीतिक र संस्थागत बनाउनुपर्नेमा जोड दिँदै हिमाली तथा जलवायु जोखिममा रहेका मुलुकका लागि जलवायु वित्तमा पर्याप्त पहुँच र लगानी सुनिश्चित गर्न कोप–३१ महत्त्वपूर्ण अवसर भएको बताइन्।

जीजीजीआईको सहयोगमा सञ्चालित जलवायुमैत्री कृषि परियोजनाले कृषि तथा रोजगारीमा योगदान पुर्‍याएको उल्लेख गर्दै उनले जलवायुमैत्री खेती प्रणाली, मौसम मापन केन्द्र स्थापना र दिगो कृषि मूल्य शृङ्खलाको विकासमार्फत जलवायु परिवर्तनबाट प्रभावित किसानको अनुकूलन क्षमता अभिवृद्धि गर्न सहकार्य आवश्यक रहेको बताइन्।

In English

Discussion on cooperation in climate finance and green development at COP-31

Antalya (Turkey): Minister of Agriculture, Forestry and Environment Gita Chaudhary and Sang-Hyup Kim, Executive Director of the Global Green Growth Institute (GGGI), held discussions on expanding cooperation in the fields of climate finance and green development. The bilateral meeting took place today during the ongoing COP-31 in Antalya, Turkey, where Nepal’s priorities and potential areas for future cooperation were discussed. During the meeting, Minister Chaudhary praised GGGI’s support as a development partner of Nepal in climate-friendly agriculture, clean transport, green finance, and ecosystem restoration. She emphasized the need to make this cooperation more strategic and institutional, stating that COP-31 is a significant opportunity to ensure adequate access and investment in climate finance for mountainous and climate-risk-prone countries.

Machine translation — the original above is the story as filed.